कोहलपुर,८ जेठ/ कोहलपुर जेसीजले सोमबार एक कार्यक्रमको आयोजना गरी जेसीज वर्ष २०१८ का केन्द्रीय उपाध्यक्ष बिजय घिमिरेलाई बधाई तथा सम्मान गरिएको थियो ।
सोमबार कोहलपुरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना दिइएको थियो । कार्यक्रममा कोहलपुर जेसीजका अध्यक्ष बुद्धि थापा, महेश खतिवडा लगायतले बधाई तथा सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष बिजय घिमिरेले अब जेसीज कोहलपुरले रचनात्मक कार्यक्रमहरुलाई प्राथमिकता दिई सामाजिक कार्यहरुलाई अगाडि बढाउन पनि आग्रह गरेका थिए ।
यस्तै उनले अब सबै युवाहरु जेसीजमा आकर्षित भैरहेको समयमा युवाहरुको उपस्थिति र उनीहरुको क्षमता अभिवृद्धि गर्न सुझाव दिए । कार्यक्रममा कोहलपुर जेसीजका अध्यक्ष, उपाध्यक्ष, महासचिव लगाएत जुनियर जेसीज वर्ष २०१८ का सदस्य लगायतको उपस्थिति रहेको थियो । (परीक्षार्थी पत्रकार)
प्रकाशित मिति : २०७५ जेठ ८ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्