चेपाङ्गका हावाहुरी पिडितलाई राहत वितरण



रावन बिश्वकर्मा : बाँसगढी,५ जेठ/  गत वैशाख ३० गते आएको हावाहुरीबाट प्रभावित बर्दियाको बाँसगढी नगरपालिका भित्रका हावाहुरी पिडितलाई राहत वितरण सुरु गरिएको छ ।

हावाहुरीबाट प्रभावित ४९ घरधुरी मध्य शुक्रबार बाँसगढी नगरपालिका–१ बबई चेपाङ्गका ९ घरपरिवारलाई राहत विरतण गरिएको छ । हावाहुरी पिडित ९ घरपरिवालाई १÷१ थान त्रिपाल र प्रतिघर परिवार ५ हजार नगद राहत स्वरुप वितरण गरिएको हो ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बर्दिया, जिल्ला विपद व्यवस्थापन समिति बर्दियाको समन्वय र बाँसगढी नगरपालिकाको आयोजनामा भएको राहत वितरण कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन बर्दियाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्ग, स्थानीय विपद् व्यवस्थापन समितिका संयोजक तथा बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारी लगायतको सहभागिता रहेको थियो ।

हावाहुरी प्रभावित ४९ घरधुरीमध्ये २ ओटा घर धुरी आंशिक क्षेति भएको जनाइएको छ । पूर्णरुपमा क्षेति भएका बाँकी घरपरिवारलाई भने बाँसगढी नगरपालिकाले केही दिनमा राहत वितरण गर्ने जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ५ गते शनिबार