खजुरा खानेपानीमा सत्ता गठबन्धन विजयी



खजुरा ।

बाँकेको खजुरा गाउँपालिकामा एक खानेपानी उपभोक्ता समितिको नयाँ नेतृत्व चयन गरिएको छ । गाउँपालिकामा रहेको खजुरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिएको हो ।

उक्त समितिको नयाँ नेतृत्वको लागि उम्मेदवारहरु प्यालन बनाएर निर्वाचनमा होमिएका थिए । उक्त समितिको नयाँ पदाधिकारीका लागि एमाले र राप्रपा निकट उम्मेदवार र नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र निकट उम्मेदवार प्यानल बनाएरै निर्वाचन लडेका थिए ।

समितिको शनिबार निर्वाचन सम्पन्न भएको थियो । आइतबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार सत्ता गठबन्धन निकट प्यानलका उम्मेदवारहरु विजयी भएका छन् भने एमाले र राप्रपा गठबन्धनका अधिकांश उम्मेदवारहरु पराजित भएका छन् ।

निर्वाचनमार्फत नेपाली कांग्रेस निकट उम्मेदवार नोकबहादुर गोदार विजयी भए । नेकपा एमाले निकट सतिस निरौला गोदारसँग ६४ मतान्तरले अराजित भए । निर्वाचन समितिका अनुसार गोदारले तीन सय ३३ मत प्राप्त गर्दा निरौलाको दुई सय ६९ प्राप्त गरेका थिए । उपाध्यक्षमा श्रवणधर केसीले एमाले निकट मोहनबहादुर खड्कालाई पराजित गरे । केसीले दुई सय ९२ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा पराजित खड्काले भने दुई सय ८१ मत पाए । यस्तै सचिव पदका लागि भएको निर्वाचनमा नेकपा एमालेका मिरा खनाललाई पराजित गर्दै नेकपा माओवादी निकट मदन सुनार विजयी भए । सुनारले दुई सय ८८ मत प्राप्त गरेर विजयी हुँदा मिराले दुई सय ६८ मतमै चित्त बुझाइन् ।

कोषाध्यक्ष पनि माओवादी केन्द्र निकट उम्मेदवार गीता सापकोटाले तीन सय २१ मत प्राप्त गर्दै एमालेका सिपी खड्कालाई पराजित गरिन् । खड्काले दुई सय ६७ मत गरिन् । समितिको महिला सदस्यमा भने एमालेकी पम्फा तिवारी विजयी बनेकी छिन् । उनले नन्दकली खरेललाई दुई सय ६९ मतमा सीमित राख्दै तीन सय तीन मत ल्याएर विजयी बनेकी हुन् ।

६ जना सदस्यमा तीनजना एमाले निकट प्यानलबाट विजयी भएका छन् भने तीनजना सत्ता गठबन्धनले हात पारेको छ । निर्वाचनमा दुई प्यानलबीच कडा प्रतिस्पर्धा भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन २ गते सोमबार