शम्शेरगंजमा नमुना पार्क निमार्ण गरिदै



कविन्द्र परियार : कोहलपुर,४ जेठ/ बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगंजमा जिल्लाकै ठूलो र नमुना पार्क निमार्ण गरिने भएको छ ।

लोप हुने प्रजातिहरुको संरक्षण गर्ने उद्देश्यले जिल्लाकै ठूलो र नमुना शम्शेरगज पार्क निमार्ण गरिन लागेको राप्तीसोनारी गाउँपालिका वडा नं.८ वडाअध्यक्ष खुम बहादुर बस्नेतले बताए ।

‘हामीले सबै प्रकारका लोप हुने अवस्थामा रहेका संरक्षण गरी यस क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउने उद्देश्यले शम्शेरगंज पार्क निमार्ण गर्न लागेका हौं’ अध्यक्ष बस्नेतले भने सो पार्कको निमार्णका लागि करिब ५ करोड लाग्ने र ५ वर्ष भित्रमा सम्पन्न हुने अनुमान गरिएको छ ।

पार्क निमार्णको पहिलो चरणमा वडापालिकाले २५ लाख विनियोजन गरिएको हाल ४ वटा ट्रयाक खोल्ने, तारबार गर्ने, वृक्षारोपण गर्ने र ग्राभेल गर्ने लगायतका कामहरु भइरहेको वडापालिकाले जनाएको छ ।

पार्कको बाहिरी क्षेत्रमा मर्निङवाकको अवधारणा सहित र सल्लाको विरुवा रोप्ने वरिपरी निलकाँडाका गोलाकार ट्रयाक निमार्णे गर्ने र पार्क प्रवेशद्धारमा मुख्य गेट निमार्ण गरी अर्कोतर्फ दुर्लभ तथा बहुमुल्य प्रजातिका श्रीखण्ड, रुद्राक्ष, सत्तिसाल तथा विजय साल लगायतका विरुवाहरु रोपिने बताइएको छ । उक्त विरुवाका लागि जिल्ला वन कार्यालय प्युठानसंग समन्वय गरिएको बताइएको छ ।

त्यस्तै पार्कको अर्को पानीको फोहोरा सहितको पोखरी निमार्ण, पिकनिक स्पोट बनाइने र अर्कोतर्फ वालउद्यान तथा मिनी चिडियाखाना र वनस्पति उद्यान बनाइने र डाँडामा भ्युटावर निमार्ण गरिने गुरुयोजना बनाइएको अध्यक्ष बस्नेतको भनाई छ । क्रमागत योजना अनुसार पार्कको स्तरलाई बढाइने र विभिन्न संघसस्थाको समन्वयमा पार्क निमार्णको कामलाई अगाडि बढाइने बताइएको छ ।

बाँके राष्ट्रिय निकुञ्जसँगै सटेको सो पार्क निमार्ण पश्चात आन्तरिक तथा बाह्य पर्यटकिय क्षेत्रको विकास गरी पर्यटकलाई बढवा पु¥याउने सोचका साथ नमुना पार्कको निमार्णको सोच बनाइएको अध्यक्ष बस्नेतको भनाइ रहेको छ । पछिल्लो समयमा पर्यटकिय क्षेत्रको रुपमा विकसित हँुदै गएको राप्तीसोनारीमा आन्तरिक पर्यटकहरुको संख्यामा वृद्धि भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ४ गते शुक्रबार