नेपालको पाँचौ विकेट, ५७ बल खेलेका शरद १९ रनमा आउट



काठमाडौं,२९ माघ/  आइसीसी डिभिजन टू मा केन्याले दिएकोे १ सय ७८ रनको विजय लक्ष्य पछ्याएको नेपालको अर्को विकेट गएको छ ।

१४ रन बनाउदा ३ विकेट गुमाएको नेपालको ब्याटिङलाई सम्हालेका पारसले ४४ बलमा २ छक्का र ३ चौकाको मद्दतमा ४२ रन बनाएर आउट भएको केही समयपछि अर्का ब्याट्सम्यान शरद भेषावकर पनि आउट भएका छन । उनले ५७ बलमा १९ रनमात्रै बनाएका थिए ।

अहिले क्रिजमा आरिफ शेख र रोहित पौडेल रहेका छन । यसअघि प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल ९, अनिल शाह शून्य र दिपेन्द्रसींह ऐरी १ रनमा आउट भएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २९ गते सोमबार