काठमाडौं,१८ माघ/ भारतीय विदेशमन्त्री शुष्मा स्वराज आज नेपाल भ्रमणका लागि आउँदै हुनुहुन्छ । भारतीय विदेशमन्त्री स्वराजसँगै भारतीय विदेश सचिव विजयशेखर गोखले, नेपाल मामिला हेर्ने अधिकारी लगायत उच्च अधिकारीहरु पनि नेपाल आउँदैछन् ।
स्वराज दिउँसो साढे ३ बजे विशेष विमानबाट त्रिभुवन विमानस्थल आइपुग्ने कार्यक्रम छ । काठमाडौं आएलगत्तै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली र राजपाका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुहुनेछ ।
भारतीय विदेश मन्त्री स्वराजले भोलि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरवहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भने भोलि मात्र भेटवार्ता गर्ने कार्यक्रम छ ।
दुई देशको वर्षौंदेखिको सम्बन्ध थप बलियो बनाउन र आपसी हीत प्रवद्र्धन गर्न भ्रमण प्रभावकारी हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारतीय विदेश मन्त्रालयले नियमित उच्च राजनीतिक भ्रमण भनेपनि नयाँ सरकार बन्न लागेको सन्दर्भमा भारतीय विदेश मन्त्रीको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा बधाई दिनुभएको थियो ।









प्रतिक्रिया दिनुहोस्