सामसङले ल्यायो दसैँ–तिहार विशेष अफर



काठमाडौँ ।

सामसङ नेपालले दसैँतिहारलक्षित स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा’ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत सामसङका टीभी, रेफ्रिजेरेटर, वासिङ मेसिन र एसी खरिद गर्ने ग्राहकले लक्की ‘ड्र’, क्यासब्याक तथा पक्का उपहार पाउनेछन् । यो अभियान यही सेप्टेम्बर २० देखि नोभेम्बर १६ सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।अफरअन्तर्गत दैनिक ३१ विजेता छनोट गरिनेछ । उनीहरूले सामसङको नौ केजी फ्रन्टलोड वासिङ मेसिन वा ५५ इन्च यूएचडी टीभीमध्ये एक उपहार जित्न सक्नेछन् । साप्ताहिक आठ विजेताले एक टनको सामसङ एसी पाउनेछन् ।

लक्की ‘ड्र’मा सहभागी हुन ग्राहकले खरिद गरेको उपकरणमा रहेको १४ अंकको सिरियल नम्बर ‘सामसङ १४ अंकको सिरियल नम्बरे’ ढाँचामा ३७२७३ मा एसएमएस पठाउनुपर्नेछ । विजेताको घोषणा प्रत्येक बुधबार इमेज च्यानलको ‘म्युजिक अफ योर च्वाइस’ कार्यक्रममार्फत गरिनेछ । विजेताको सूची स्मार्ट प्लाजा र बिग डिजिटलका फेसबुक पेजमा राखिने कम्पनीले जनाएको छ । अफरअन्तर्गत टीभीमा २६ प्रतिशतसम्म, रेफ्रिजेरेटरमा २१ प्रतिशतसम्म र वासिङ मेसिनमा १८ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ । रेफ्रिजेरेटरमा पाँच हजार र वासिङ मेसिनमा तीन हजार रूपैयाँसम्म एक्सचेन्ज बोनसको व्यवस्था गरिएको छ ।

छनोट गरिएका मोडलमा टीभीसँग निःशुल्क साउन्डबार तथा १२ महिनासम्म एनईटीटीभी प्याकेज र वासिङ मेसिनसँग ६ केजी सर्फ एक्सेल म्याटिक डिटर्जेन्ट पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।ग्राहकले हुलास फिनर्भी हायर पर्चेज लिमिटेडमार्फत सञ्चालित सामसङ इन्स्टा फाइनान्ससेवाबाट १२ वा २४ महिनाको ईएमआई योजनामा उपकरण खरिद गर्न सक्नेछन् । साथै, अर्कोस्टोर वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरमार्फत पुराना उपकरण एक्सचेन्ज गर्न सकिनेछ । अफर सीमित अवधिका निम्ति लागु हुने र सर्त तथा नियम लाग्ने कम्पनीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज ५ गते सोमबार