बर्दिया राष्ट्रिय निकुञ्जमा एकसिंगे गैँडा मृत फेला



कोहलपुर (बाँके) ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एकसिंगे गैँडा मृत अवस्थामा फेला परेको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट खटिएको संयुक्त गस्ती टोलीले साउन १६ गते गस्तीको क्रममा एकसिंगे गैँडा मृत अवस्थामा फेला परेको हो ।

निकुञ्जका सूचना अधिकृत महेश न्यौपानेका अनुसार बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ६ को असारेगौडि उपभोक्ता समितिअन्तर्गत नौलोबाँस मध्यवर्ती सामुदायिक वन सैजनाघाट क्षेत्रमा गैँडा मृत अवस्थामा फेला परेको हो । मृत अवस्थामा फेला परेको एकसिंगे गैँडा अन्दाजी २० देखि २२ वर्षको भाले गैँडा रहेको उनले बताए ।

प्रारम्भिक अनुसन्धान एक आपसमा जुधेर ‘एक्सिडेन्टल इन्जुरी’का कारण गैँडाको निधन भएको सूचना अधिकृत न्यौपानेको भनाइ छ । मृत गैँडाको सरकारी सामान (खाग, खुर) सुरक्षित राखिएको निकुञ्जले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १८ गते सोमबार