आधुनिक जीवनशैली र नसर्ने रोगविरुद्धको महामन्त्र



कुनै पनि प्रतिकूल अवस्थामा विचलित नभई त्यसलाई सहज रूपमा स्वीकार गर्दै समाधानको मार्ग खोज्नु नै सकारात्मक सोच हो । मानिसको वास्तविक पहिचान उसको शारीरिक बनोटभन्दा बढी उसको विचार र चिन्तनबाट हुन्छ । खप्तड बाबाले भनेझैँ, विचार बाण सरह हुन्छन्, जसले हाम्रो कर्मको निशाना र जीवनको परिणाम तय गर्छन् ।

वसन्त गौतम

जीवनको दृष्टि र सकारात्मकताको शक्ति ः मानवजीवन सुख र दुःख, सफलता र असफलता, अनि अवसर र चुनौतीहरूको एउटा अविराम यात्रा हो । यी भोगाइहरू आफैँमा निरपेक्ष हुँदैनन्, बरु हामीले तिनलाई कुन दृष्टिले हेर्छौँ र कसरी ग्रहण गर्छौँ भन्ने कुराले हाम्रो जीवनको गुणस्तर र दिशा तय गर्छ । कुनै पनि प्रतिकूल अवस्थामा विचलित नभई त्यसलाई सहज रूपमा स्वीकार गर्दै समाधानको मार्ग खोज्नु नै सकारात्मक सोच हो । मानिसको वास्तविक पहिचान उसको शारीरिक बनोटभन्दा बढी उसको विचार र चिन्तनबाट हुन्छ । खप्तड बाबाले भनेझैँ, विचार बाण सरह हुन्छन्, जसले हाम्रो कर्मको निशाना र जीवनको परिणाम तय गर्छन् । त्यसैले, सकारात्मक सोच केवल एउटा आध्यात्मिक दर्शन मात्र होइन, यो त जीवन सञ्चालन गर्ने त्यो ऊर्जाको मूल स्रोत हो, जसमा बन्दुकको नालमाभन्दा हजारौँ गुणा बढी निर्माणकारी शक्ति हुन्छ । जसले यो शक्तिलाई सही समय र स्थानमा प्रयोग गर्न सक्छ, उसकै जीवन र जगत् सुन्दर बन्ने गर्दछ । नसर्ने रोगको महामारी र मानसिक स्वास्थ्यको सम्बन्ध ः वर्तमान विश्व र विशेष गरी नेपाली समाजमा नसर्ने रोगहरू (ल्यल–ऋयmmगलष्अबदभि म्ष्कभबकभक – ल्ऋम्क)जस्तै उच्च रक्तचाप, मधुमेह, मुटुको समस्या, मिर्गौला रोग र क्यान्सरको ग्राफ डरलाग्दो गरी बढिरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वभर हुने मृत्युको करिब ७४ प्रतिशत हिस्सा नसर्ने रोगहरूले ओगटेका छन् ।

नेपालमा पनि यो तथ्यांक ६० प्रतिशतभन्दा माथि पुगिसकेको छ । चिकित्सा विज्ञानका अनुसार यी शारीरिक समस्याहरूको एउटा प्रमुख ‘साइकोसोमेटिक’ (मनोशारीरिक) कारण ‘क्रोनिक स्ट्रेस’ अर्थात् दीर्घकालीन मानसिक तनाव हो । जब हामी निरन्तर नकारात्मक सोच, ईष्र्या, तुलना र गुनासोको चक्रमा फस्छौँ, हाम्रो शरीरको ‘फाइट अर फ्लाइट’ (ँष्नजत यच ँष्निजत) प्रणाली सक्रिय हुन्छ । यसले शरीरमा कोर्टिसोल र एड्रिनालिन जस्ता तनाव उत्पन्न गर्ने हर्मोनको बाढी बगाउँछ । दीर्घकालसम्म यी हर्मोनको उच्च मात्राले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई ध्वस्त पार्छ, जसको प्रत्यक्ष असर मुटुको चाल, पाचन प्रणाली र कोषहरूको पुनरुत्पादन प्रक्रियामा पर्छ । तसर्थ, आजको युगमा मधुमेह वा उच्च रक्तचापको ओखती केवल अस्पतालको फार्मेसीमा मात्र छैन, यो हाम्रो सोचको परिवर्तन र तनाव व्यवस्थापनको सीपमा पनि लुकेको छ ।सामाजिक सञ्जाल र विषाक्त मनोवृत्ति ः हिजोआजको नेपाली समाजमा नकारात्मकता एउटा ‘भाइरस’जस्तै फैलिएको महसुस हुन्छ ।सामाजिक सञ्जालदेखि दैनिक चिया पसलका कुराकानीसम्म अरूको कमजोरी खोज्ने, गुनासो गर्ने र निराशा फैलाउने प्रवृत्ति बढेको छ ।
तुलना र ईष्र्याले मानिसको मौलिक खुसी खोसेको छ । अरुको देखासिकी, फेसबुकमा ‘फिल्टर’ गरिएका तस्बिरहरूसँग आफ्नो वास्तविक जीवन तुलना गर्दा मानिसमा हीनताबोध र असन्तुष्टि जन्मिन्छ । यसैले वास्तविक जीवन र देखावटी शैलीमा फरक छ भन्ने कुरा बेलैमा बुझ्नु पर्दछ । कुनै पनि व्यक्तिमा कायम रहने यो नकारात्मकताले व्यक्तिको मनोवृत्तिलाई मात्र होइन, समग्र सामाजिक वातावरणलाई नै विषाक्त बनाउँछ । विन्स्टन चर्चिलले भनेका थिए, ‘निराशावादीले हरेक अवसरमा समस्या देख्छ भने आशावादीले हरेक समस्यामा अवसर देख्छ ।’
आज हामीलाई नसर्ने रोगको जोखिमबाट बच्न त्यही आशावादी र सकारात्मक मनोवृत्तिको खाँचो छ । नकारात्मक सोचले मानिसलाई कमजोर र असन्तुष्ट बनाउँछ भने सकारात्मक सोचले चुनौतीमा पनि नयाँ बाटो देख्न सिकाउँछ ।

राज्यको भूमिका, तीनै तहको सक्रियता ः तनाव व्यवस्थापन र सकारात्मक सोचको विकासलाई व्यक्तिगत प्रयासमा मात्र सीमित राखेर पुग्दैन; यसका लागि राज्यका तीनै तह— संघ, प्रदेश र स्थानीय सरकारको नीतिगत र व्यावहारिक सक्रियता अनिवार्य छ । संघीय सरकारः राष्ट्रिय स्वास्थ्य नीतिमा मानसिक स्वास्थ्य र जीवनशैली व्यवस्थापनलाई अनिवार्य अंग बनाउनुपर्छ । विद्यालयको पाठ्यक्रममा प्राथमिक तहदेखि नै ‘सामाजिक–भावनात्मक शिक्षा’ (क्यअष्ब–िभ्mयतष्यलब िीभबचलष्लन) समावेश गरिनुपर्छ, जसले बालबालिकालाई सानैदेखि तनावसँग जुध्न, सहानुभूति राख्न र सकारात्मक आत्म–वार्ता (क्भाि–तबपि) गर्न सिकाओस् । प्रदेश सरकारः प्रदेशस्तरमा मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि विशेष बजेट र कार्यक्रम ल्याउनुपर्छ । खेलकुद, कला र योग, ध्यानजस्ता रचनात्मक क्षेत्रमा लगानी बढाएर युवाहरूलाई कुलत र निराशाबाट जोगाउन सकिन्छ । शारिरीक मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन र सकारात्मक सोचको विकास गराउन सकिन्छ । स्थानीय सरकार ः नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तह हो । प्रत्येक वडामा ‘योग, ध्यान र मनोपरामर्श केन्द्र’हरू सञ्चालन गरिनुपर्छ । स्वास्थ्य चौकीहरूमा शारीरिक जाँचसँगै मानसिक स्वास्थ्यका कार्यक्रमहरू सञ्चालन गरी नागरिकको ‘वेलनेस’ (ध्भििलभकक)लाई प्राथमिकतामा राख्नुपर्छ । सकारात्मक सोचका व्यवहारिक अभ्यासहरू ः डा. योगी विकाशानन्दका अनुसार संसार बदल्न चाहनेले पहिले आफूलाई बदल्नुपर्छ । अरूको आलोचना गरेर होइन, आफैँबाट सुरु गरेर मात्रै सकारात्मक परिवर्तन सम्भव हुन्छ । यसका लागि निम्न अभ्यासहरूलाई जीवन पद्धति बनाउन सकिन्छ । आभारको अभ्यास (न्चबतष्तगमभ)ः हरेक बिहान उठ्नेबित्तिकै आफूसँग भएका तीनवटा राम्रा कुराहरूका लागि प्रकृति वा भगवानप्रति कृतज्ञता व्यक्त गर्ने । यसले मस्तिष्कलाई ‘कमी’बाट ‘प्राप्ति’तर्फ मोड्छ । निराशाबाट आशातर्फ जागृत बनाउन अभिप्रेरित गर्दछ ।

योग प्राणायमको दैनिकीः तनाव व्यवस्थापन, सकारात्मक सोचको विकास तथा शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहनका लागि दैनिक योग ध्यान प्रणायामलाई दैनिकी बनाउनु पर्दछ । दैनिक कम्तीमा ढेड घण्टा योग अभ्यास गर्नु पर्दछ । यसले तनाव व्यवस्थापन र सकारात्मक सोच वृद्धिमा मद्दत गर्दछ । ध्यान र श्वासप्रश्वासः दैनिक २०–३० मिनेटको ध्यानले मनलाई शान्त पार्छ । लामो र गहिरो श्वास लिँदा शरीरमा अक्सिजनको मात्रा बढ्छ र तनावको हर्मोन घटाउन मद्दत गर्दछ । शारीरिक व्यायामः नियमित हिँडडुल वाव्यायामले शरीरमा ‘इन्डोर्फिन’ जस्ता खुसी पार्ने रसायनहरू पैदा गर्छ । यो नसर्ने रोगविरुद्धको सबैभन्दा सस्तो र प्रभावकारी ओखती हो । सम्बन्ध र सञ्चारः सकारात्मक सोच राख्ने मानिसहरूको सङ्गत, अरूलाई सुन्ने (ब्अतष्खभ ीष्कतभलष्लन) र सहानुभूति देखाउने बानीले सामाजिक विवाद र मानसिक तनाव कम गर्न मद्दत गर्दछ । उत्प्रेरणादायी दृष्टिकोण र सफलताको सूत्रः डा. म्याकओडेलले भनेका छन्, ‘महान् कार्य सुरु गर्ने सबैभन्दा उपयुक्त समय आजै हो ।’ हामी धेरैजसो हिजोको पछुतो वा भोलिको चिन्तामा बाँच्छौँ, जसले तनाव मात्र निम्त्याउँछ । वर्तमानमा बाँच्न सिक्नु नै तनाव मुक्तिको द्वार हो । आफूलाई अरूभन्दा ठूलो होइन, अरूका लागि ‘उपयोगी’ बनाउने प्रयास गर्नु नै सकारात्मक सोचको व्यवहारिक रूप हो ।सफलताको मूल सूत्र नै सकारात्मक सोच हो । जीवनका बाटामा समस्या होइन, समाधान खोज्ने दृष्टि राख्नुपर्छ । नकारात्मक सोचले सम्भावनाका ढोकाहरू बन्द गर्छ भने सकारात्मक सोचले अन्धकारमा पनि उज्यालोको मार्ग प्रशस्त गर्छ । हरेक व्यक्तिको सफलता र स्वास्थ्य अरूको हातमा होइन, आफ्नै मनको लगाममा निहित हुन्छ । सोच बदल्नुहोस्, जीवन बदलिनेछः अन्त्यमा, सकारात्मक सोच भनेको समस्या नै छैन भन्नु होइन, बरु समस्याका बीचमा पनि समाधानको सम्भावना देख्नु हो । अहिलेको भागदौडपूर्ण जीवनमा नसर्ने रोगहरूको प्रकोपबाट बच्न र एक न्यायपूर्ण, स्वस्थ समाज निर्माण गर्न सकारात्मक सोचको मुहान हामी आफैँ बन्नुपर्छ । हामी जस्तो सोच्छौँ, त्यस्तै बन्छौँ । त्यसैले आफ्नो विचारलाई बगैँचाजस्तै गोडमेल गरौँ, जहाँ नकारात्मकताका झारपातहरूलाई हटाएर सकारात्मकताका फूलहरू फुलाउन सकियोस् । याद राखौँ, सकारात्मक सोचको बाटो नै सफल र स्वस्थ जीवनको बाटो हो । आजैदेखि आफैँबाट सुरुवात गरौँ, किनकि एउटा सानो सकारात्मक विचारले तपाईँको पूरै दिन र एउटा सकारात्मक बानीले तपाईँको पूरै जीवन बदल्न सक्छ ।

(लेखक अधिकारकर्मी तथा सामाजिक अभियन्ता हुन् ।)

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख २७ गते आइतबार