मिसन सामाचारदाता , कोहलपुर, १५ पुस/ कोहलपुर नगरपालिका ११ स्थित जुनकिरी कृषक बहुउद्देश्यीय सहकारी संस्थाको ११ औं वाषिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाको कोहलपुुर सहकारी संञ्जालकी अध्यक्ष मिना सिग्देलले सात वटा दिप प्रज्वलन गरी उद्घाटन गरेकी थिइन् । सभामा संस्थाका अध्यक्ष केशव राज पोख्ररेलले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको थिए । सभामा बोल्दै प्रमुख अतिथि समेत रहेकी सिग्देलले सहकारी विकासका लागि सबैले लाग्नु पर्ने बताइन् । सभामा आर्थिक वर्ष २०७३÷०७४ को १ करोड ६८ लाख ८७ हजार ७ सय ४ रुपैंया बराबरको आयव्य प्रस्तुत गरिएको थियो । सभामा सक्रिय शेयर सदस्य जित बहादुर बिक, नियमित मासिक बचत गर्ने गिता देवी पोख्ररेल, नियमित दैनिक बचत गर्ने शान्ति शाही, नियमित बाल बचत गर्ने प्रमोद कार्की तथा उत्कृष्ठ ऋण कारोबार गर्ने लाली माया गुरुङलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका सल्लाहाकार कृष्णा मान राज भण्डारी, मिसन टुडे दैनिकका प्रधान सम्पादक बिनोद पौडेल लगायतको उपस्थित भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष केशव राज पोख्ररेलको सभापतित्व सम्पन्न भएको थियो ।
प्रकाशित मिति : २०७४ पुस १६ गते आइतबार









प्रतिक्रिया दिनुहोस्