काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो इच्छाले सुशीला कार्की नेतृत्वको सरकारमा नगएको बताएका छन्।

काठमाडौंमा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री र जेनजी प्रतिनिधिको आग्रहलाई स्वीकारेर सरकारमा गएको बताए।
उनले देशबाट लोडसेडिङ आफूले हटाएको भन्दै राजनीतिक क्षेत्रको लोडसेडिङ हटाउन आफू आएको बताए।
राजनीतिक क्षेत्रको लोडसेडिङ अन्त्य नभएसम्म देशको परिस्थितिमा सुधार नआउने उनको भनाइ छ।
प्रकाशित मिति : २०८२ फागुन २ गते शनिबार









प्रतिक्रिया दिनुहोस्