निर्वाचन आचारसंहिता पालनासम्बन्धी दल र उम्मेदवारसँग छलफल



चितवन। मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ निर्वाचन आचारसंहिता पालनासम्बन्धी छलफल कार्यक्रम आयोजना गरेको छ ।  सो अवसरमा सहभागी राजनैतिक दल र उम्मेदवारहरुले आचारसंहिता पूर्ण रुपमा आफूहरुले पालना गर्ने र अरू उम्मेदवारहरुले पनि पालना गर्नुपर्नेमा जोड दिएका थिए ।

मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेलले स्वच्छ, निष्पक्ष, तटस्थ, पारदर्शी, मितव्ययी र भयरहित निर्वाचन बनाउन दलहरुले आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिए । उनले निर्वाचनमा के–के गर्दा आचारसंहितको उल्लङ्घन हुन्छ । त्यस बारेमा सहभागीहरुलाई प्रस्ट्याएका थिए । कुन क्षेत्रका उम्मेदवारले कति रकम खर्च गर्न पाउने लगायतका विषयमा पनि जानकारी गराए ।
उनले आचारसंहिताको पालना नगरेमा उम्मेदवारी रद्धका लागि सिफारिससम्म गर्न सक्ने भएकाले सबैलाई सहयोगका लागि आग्रह गरे । निष्पक्षता माथि शङ्का नगर्न आग्रह गर्दै उनले निर्वाचन प्रक्रियामा ठूला र साना दल नचिनिने सबैलाई आचारसंहिताको पूर्ण रुपमा पालना गराइने बताए ।  प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राजनैतिक दल र उम्मेदवारहरुले आचारसंहिताको पालना नगरेमा आवश्यक कारबाही हुने बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १५ गते बिहीबार