नेपाल एसबिआई बैंक कोहलपुर शाखाद्धारा न्यानो कपडा सहयोग



कोहलपुर ।

नेपाल एसबिआई बैंक कोहलपुर शाखाद्धारा कोहलपुर–५ मा रहेको निलसागर सेवाश्रमलाई न्यानो कपडा तथा खाद्यान्न सामाग्री सहयोग गरेको छ । निलसागर सेवाश्रममा रहेका असाहय र विपन्नहरुलाई बैंकले न्यानो कपडा र खाद्यान्न सामग्री सहयोग गरेको हो ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत न्यानो कपडा र खाद्यान्न सहयोग गरेको नेपाल एसबिआई बैंक कोहलपुर शाखाका शाखा प्रबन्धक उत्सव ढकालले बताए । शुक्रबार एक कार्यक्रमका बीच निलसागर सेवाश्रलाई सहयोग हस्तान्तरण गरिएको उनले मिसन टुडेलाई जानकारी दिए ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न किसिमको सहयोग गर्दै आएको उनले बताए । उनका अनुसार नेपाल एसबिआई बैंक लिमिटेडले विगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०२ पूर्ण शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखारहित बैंकिङ शाखा, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालन रहेको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १८ गते शुक्रबार