नेपालगन्ज ।
पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस शुक्रबार नेपालगन्जमा पनि अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरि मनाइएको छ । ज्येष्ठ नागरिक दिवसको यस वर्षको नारा ‘हाम्रो साझा अभियान, ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ तय गरिएको थियो । ज्येष्ठ नागरिक नेपालगन्ज नगरसञ्जालले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले ज्येष्ठ नागरिकको जीवनपयोगी सेवा, सुविधामा राज्य थप जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘ज्येष्ठ नागरिकको योगदान समाज विकासमा अतुलनीय हुन्छ, त्यसलाई कुनै मूल्यमा तौलिन सकिँदैन, तर उनीहरुको जीवनलाई सहज बनाउन परिवार, समाज र राज्यपक्ष थप जिम्मेवार बन्नै पर्छ ।’ सञ्जालका अध्यक्ष विष्णु सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख पवित्रा पुरी लगायतले आआफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा विभिन्न वडा क्लबका अध्यक्ष, नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारी र ज्येष्ठ नागरिक सञ्जालका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्