लम्की (कैलाली) ।
कैलालीको घोडाघोडी नगरपालिकामा घोडाघोडी सञ्चारकर्मी समूह गठन गरिएको छ । शनिबार सम्पन्न भेलाले खेम ढुङ्गानाको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको हो ।
नवगठित समितिमा उपाध्यक्षमा दसिराम चौधरी, सचिवमा वीरेन्द्र शाह, सह–सचिवमा ज्योति बोहरा र कोषाध्यक्षमा कालुराम चौधरी रहेका छन् । त्यस्तै सदस्यमा स्वरूप चौधरी र रोशन रसाइली रहेका छन् ।
भेलामा सहभागी सञ्चारकर्मीहरूले समूहले स्थानीय तहमा सञ्चारकर्मीबीच आपसी सहकार्य, पेशागत अधिकार संरक्षण र सूचना प्रवाहको सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् । भेलामा घोडाघोडी क्षेत्रमा क्रियाशील विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : २०८२ कात्तिक २३ गते आइतबार









प्रतिक्रिया दिनुहोस्