श्यामलाल पोखरेल । बुटवल ।
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चुनाव हुने संकेत नदेखिएको बताएका छन् । चुनावको मिति नजिकिँदै जाँदा चुनावी माहौल नबनेको र फागुनसम्म चुनावको तयारी पनि हुन नसक्ने बताउँदै उनले तर, चुनाव भएमा एमाले चुनावबाट नभागेर जनताका अगाडि चुनावमा जाने दाबी गरे ।
‘चुनाव भैहालेमा एमाले चुनावमा जान्छ तर अहिले एमालेको बटमलाइन भनेको संसद पुनस्थापना र संविधान संशोधन हो’ पे्रस चौतारी नेपाल, रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको अन्तरक्र्रियामा भने । पूर्व अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष पौडेलले यो सरकारले चुनाव गराउन नसक्ने दाबी गर्दै पार्टी र नेताको विकल्प भएपनि लोकतान्त्रिक प्रतिष्पर्धा गर्ने प्रणालीको विकल्प नभएकाले यो लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था जोगाउन संसद पुनस्थापना नै भएको बताएका थिए ।
अहिलेको समस्याको समाधान नै संसद पुनस्थापना भएको उल्लेख गर्दै उनले संविधानको मर्म अनुसार दलहरू नै आउनु पर्ने त्यसका लागि संसद पुनस्थापना र संविधान संशोधन नै अपरिहार्य रहेको बताए । पार्टी अध्यक्षले सरकारको नेतृत्व गरेको अवस्थामा भएको जेनजी आन्दोलनको जिम्मा लिने बताउँदै भदौ २३ र २४ गतेको आन्दोलनमा घुसपैठ भएकाले उक्त घुसपैठमा सहभागी भएर विध्वंस गर्नेहरूको पहिचान गरी यो सरकारले कारबाही गर्नुपर्ने पौडेलले माग गरे ।
जेनजी आन्दोलका दोषीलाई कानुन सम्वत कडा कारबाही नभए शान्ति सुरक्षा नहुने बताउँदै उनले शान्ति सुरक्षा कायम गर्नका लागि पनि दोषी उपर निष्पक्ष छानबिन गरेर कारबाही नगरे मुलुकले थप समस्या भोग्नु पर्ने दाबी गरेका थिए । उनले मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने एमालेको ११औँ महाधिवेशन चमत्कारी रूपमा सम्पन्न हुने बताउँदै आपसी सहमती र समझदारीमा नेतृत्व चयन हुने दाबी गरे ।









प्रतिक्रिया दिनुहोस्