बैजनाथले तोक्यो धानको न्यूनतम समर्थन मूल्य



बाँकेको बैजनाथ गाउँपालिकाले चालू आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ साउन २६ गतेको निर्णयअनुसार धानको न्यूनतम समर्थन मूल्य तोकेको हो । पालिकाले मोटा धानका लागि प्रतिक्विन्टल तीन हजार ४६३ रूपैयाँँ ८१ पैसा र मसिनो धानका लागि तीन हजार ६३८ रूपैयाँँ ३३ पैसा कायम गरेको जनाएको छ । बैजनाथलाई धान उत्पादनमा आत्मनिर्भर बनाउने र किसानको हितलाई प्राथमिकतामा राख्दै मूल्य तोकिएको गाउँपालिकाले जनाएको छ ।

कोहलपुर (बाँके) ।

बाँकेको बैजनाथ गाउँपालिकाले चालू आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ साउन २६ गतेको निर्णयअनुसार धानको न्यूनतम समर्थन मूल्य तोकेको हो । पालिकाले मोटा धानका लागि प्रतिक्विन्टल तीन हजार ४६३ रूपैयाँँ ८१ पैसा र मसिनो धानका लागि तीन हजार ६३८ रूपैयाँँ ३३ पैसा कायम गरेको जनाएको छ ।

बैजनाथलाई धान उत्पादनमा आत्मनिर्भर बनाउने र किसानको हितलाई प्राथमिकतामा राख्दै मूल्य तोकिएको गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाका कृषि विकास शाखाका प्रमुख प्रमोदकुमार विश्वकर्माले केन्द्रीय सरकारले गरेको निर्णय र लिएको नीतिलाई कार्यान्वयन गरिएको बताए । उनका अनुसार बैजनाथमा करिब ८० प्रतिशत नागरिक कृषि पेशामा आश्रित छन् ।

किसानहरूको हितका लागि गाउँपालिकाले मूल्य निर्धारण गरेको शाखा प्रमुख विश्वकर्माले जनाए । उनले भने, ‘गाउँपालिकाले किसानहरूको हितलाई मध्यनजर गरेर मूल्य निर्धारण गरेको छ । यसबाट पालिकाका किसान प्रत्यक्षरूपमा लाभान्वित हुनेछन् ।’ गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा धानको न्यूनतम समर्थन मूल्य तोकिएको हुँदा कृषक, सहकारी संघ संस्था तथा उद्योगी व्यवसायीहरूमा सोहीअनुसार तोकिएको मूल्यमा खरिद बिक्री गर्न आग्रह गरेको छ ।

यस्तै जिल्लाको नरैनापुर गाउँपालिकाले समेत धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । पालिकाले मोटा धानका लागि प्रतिक्विन्टल तीन हजार ४६३ रूपैयाँँ ८१ पैसा र मध्यम धानका लागि तीन हजार ६३८ रूपैयाँँ ३३ पैसा कायम गरेको हो । यता आर्थिक वर्ष २०८२–०८३ का लागि धान खरिदका गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका लागि १५ हजार क्विन्टल मोटा धान र ५ हजार क्विन्टल मध्यम धानगरी २० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १४ गते शुक्रबार