नेपाली क्रिकेट खेलाडीले पाए भिसा, सोमबार यूएई प्रस्थान गर्ने



काठमाडौँ ।

वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई शृंखला खेल्न यूएई जाने नेपाल राष्ट्रिय क्रिकेट खेलाडीहरुको भिसा आएको छ । नेपाल क्रिकेट संघ  (क्यान)ले  विज्ञप्ति जारी गरेर खेलाडीको भिसा प्राप्त भएको जानकारी गराएको हो ।

क्यानका अनुसार नेपाली टोली असोज ६ गते (सोमबार)  युएई प्रस्थान गर्नेछ। शुक्रबार नै यूएई प्रस्थान गर्ने तय भएपनि भिसा प्राप्त हुन ढिलाइ हुँदा नेपाली टोली जान पाएको थिएन ।

यूएई जाने नेपाली टोलीको बिहीबार नै बिदाइ गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ५ गते आइतबार