16 April 2024  |   मङ्लबार, बैशाख ४, २०८१

बाँके राष्ट्रिय निकुञ्जले मनायो वार्षिकत्सव

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार २८, २०७६  

कोहलपुर।

बाँके राष्ट्रिय निकुञ्जले आज शनिवार बिभिन्न कार्यक्रमको आयोजना गरी स्थापना दिवश मनाएको छ । स्थापना दिवशको अवसरमा बृक्षारोपण, शैक्षिक सामाग्री वितरण र साईकल दौड जस्ता कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मी , श्री मेहर गणका गणपति बासुदेव धिमाल, सहायक संरक्षण अधिकृत पुरुषोत्तम शर्मा , मध्यवर्ती संरक्षण समितिका गेहेन्द्र कुमार खड्का, साईक्लिङ्ग क्लवका शतिश निरौला लगायतले बोलेका थिए । कार्यक्रमको सन्चालन कृष्ण चौधरीले गरेका थिए ।

प्रकाशित मितिः शनिबार, असार २८, २०७६     7:33:23 PM  |