खगोलविद् आर्य भट



आर्य भटका अनुसार पृथ्वी आफ्नै धुरीमा घुम्छ, जसको कारण दिन र रात हुन्छ । उनका अनुसार कुनै डुंगामा बसेको व्यक्ति जब अगाडि बढ्छ तब उसलाई आसपासका स्थिर वस्तुहरू पछाडीतिर गइरहेको प्रतीत हुन्छ । यसप्रकार पृथ्वी घुम्नुको कारण स्थिर सूर्य तथा ताराहरू पनि घुमेको प्रतीत हुन्छ । आर्य भटले पृथ्वीलाई ब्रह्माण्डको केन्द्र मान्थे । ग्रहणसम्बन्धी यीनको दृष्टिकोण सही थियो ।

चिन्तामणि घिमिरे

प्राचीन भारतीय खगोल विज्ञानको स्वर्णिम काल भनेर पाचौँ–आठौँ शताब्दीलाई भनिन्छ । आर्य भटको देहान्तपछि पनि वैज्ञानिकहरूको लर्को थियो । जसमा अग्रणी थिए – बराहमिहिर, ब्रह्मगुप्ता, भास्कराचार्य र लल्ला आदि । जसले आर्य भटको सिद्धान्तमाथि बहस गर्नुका साथै आलोचना पनि गरे । आर्य भटको योगदानमाथि विमर्शपछि पनि जारी रह्यो । उदाहरणका लागि सन् १९३० मा शिकागो युनिभर्सिटी प्रेसबाट आर्य भटको अहम ग्रन्थ आर्य भटीयको अङ्ग्रेजी अनुवाद प्रकाशित भयो । किताबको शीर्षक थियो ‘आर्य भटीय अफ आर्य भट एन एन्शियन्ट इन्डियन वर्क अन म्याथम्याटिक्स एन्ड एस्ट्रोनोमी’ । जो कुनै विशिष्ट लेखकको नामबाट अंकित पहिलो भारतीय रचना भनियो । जसको फोकस गणित र खगोल विज्ञानमाथि थियो । जसको मूल ग्रन्थ छैटौँ शताब्दीमा रचिएको थियो । यसबाट पनि बुझिन्छ कि एक समयमा आर्य भट पश्चिमको लागि पनि कति महत्त्वपूर्ण बनेका थिए ।

आज धर्तीको मान्छे चन्द्रमामा पुगिसकेको छ । आज गणित, विज्ञान र प्रविधिमा धेरै उन्नति र प्रगति भएको छ । मान्छे चन्द्रमामा पुगेपछि अन्य ग्रहहरूमा पनि जान कोसिस गरिरहेको छ । मंगल ग्रहमा बस्ती बसाल्ने कुरा पनि गाइँगुइँ सुनिन थालेको छ । मान्छेले यस्तो प्रगति कसरी ग¥यो त ? के यो उन्नति पाँच, दस या सय वर्षमा सम्भव भएको हो ? हजारौँ वर्षदेखि मानिसले आकाशको ग्रह–नक्षेत्रहरूका बारेमा अध्ययन गर्दै आइरहेको छ । पुरानो जमानामा जुन विद्वानहरूले आकाशको बारेमा गहिरो अध्ययन गरेका छन्, तीमध्येमा एक ज्योतिषी आर्य भटको स्थान धेरै माथि छ ।

आर्य भट एक ज्योतिषीका साथै गणितज्ञ पनि थिए । उनले आर्य भटीय नामको एउटा पुस्तक पनि लेखे । यो पुस्तक उनले संस्कृत भाषामा लेखे । आर्य भटले यो पुस्तक कुसुमपुर शहरमा बसेर रचना गरेका थिए । आजको विहारको राजधानी पटना शहरलाई पहिला पाटलीपुत्र भनिन्थ्यो । यसको अर्को नाम कुसुमपुर पनि थियो । आर्य भट पुरानो पटना शहरका निवासी थिए । यो पुस्तक उनले तेइस वर्षको उमेरमा लेखेका थिए । त्यस समय इस्वी सम्वत् ४९९ चलिरहेको थियो । आर्य भटको जन्म ४७६ ई.मा भएको थियो । आर्य भटको जीवनकालमा त्यतिबेला भारतमा गुप्त शासकहरूको साम्राज्य थियो ।

आर्य भटको समयमा दूरबिन जस्तो कुनै चीजको आविष्कार भएको थिएन । आँखाको माध्यमद्वारा जे जति आकाशमा देख्न सकिन्थ्यो, त्यसैको अध्ययन हुन्थ्यो । आर्य भट सही मानेमा एक वैज्ञानिक थिए । उनले आफ्नो किताबमा अनावश्यक फजुल कुराहरू लेखेनन् । त्यस समयमा मान्छेहरूले यो मान्थे कि ग्रहणको समय राहु र केतु नामको कोई राक्षसले सूर्य र चन्द्रमालाई खान्छ । तर आर्य भटले प्रष्टरूपमा लेखे कि यी सबै झुटा कुराहरू हुन् । उनले लेखे कि पृथ्वीको छायाँ जब चन्द्रमामा पर्छ, तब चन्द्र ग्रहण लाग्छ र चन्द्रमाको छायाँ जब पृथ्वीमा पर्छ तब सूर्य ग्रहण हुन्छ । यस कुराबाट थाहा हुन्छ कि आर्य भट अन्धविश्वासमा विश्वास गर्दैनथे । अहिले पनि यहाँ मानिसहरूमा ग्रह नक्षेत्रलाई आधार मानेर मानिसको भाग्य बताउने जुन धन्दा पहिले पनि चल्थ्यो र आजपनि चलिरहेको छ ।

आर्य भटले अन्धविश्वासी कुराहरू नै सही छन् भनेर कुनै जिद्दी गरेनन् । आर्यभटको जन्म पाटलिपुत्र (अ ब पटना)मा गुप्तकालमा भएको थियो । उनले गणित तथा खगोल विद्यामा महत्त्वपूर्ण काम गरेका थिए । उनीद्वारा रचित आर्य भटीय प्राचीन भारतीय गणित तथा खगोलशास्त्र वर्तमानमा पनि उपयोगी मानिएको छ । जसको गणितीय भागमा अंकगणित, बीजगणित, समतल त्रिकोणमिति तथा गोलीय त्रिकोणमितिको विस्तृत वर्णन गरिएको पाइन्छ । यसको अतिरिक्त भिन्न, भाग तथा समीकरणमा पनि उनको महत्त्वपूर्ण योगदान रहेकोे छ ।

आर्य भटका अनुसार पृथ्वी आफ्नै धुरीमा घुम्छ, जसको कारण दिन र रात हुन्छ । उनका अनुसार कुनै डुंगामा बसेको व्यक्ति जब अगाडि बढ्छ तब उसलाई आसपासका स्थिर वस्तुहरू पछाडीतिर गइरहेको प्रतीत हुन्छ । यसप्रकार पृथ्वी घुम्नुको कारण स्थिर सूर्य तथा ताराहरू पनि घुमेको प्रतीत हुन्छ । आर्य भटले पृथ्वीलाई ब्रह्माण्डको केन्द्र मान्थे । ग्रहणसम्बन्धी यीनको दृष्टिकोण सही थियो । आर्य भट प्रथम भारतीय ज्योतिर्विद एवं खगोलविद् थिए, जसले पृथ्वीलाई आफ्नो धुरीमा घुमिरहेको गोलो तथा ताराहरूलाई स्थिर माने ।

आर्य भटले सूर्य तथा चन्द्र ग्रहणको विस्तारपूर्वक विश्लेषण गरे । उनका अनुसार चन्द्रमा तथा अन्य ग्रह सूर्यको प्रकाशको कारणले चम्किन्छन् । सूर्यदेखि चन्द्रमामा आउने प्रकाशलाई पृथ्वीले छेकिदिएपछी चन्द्रग्रहणको स्थिति उत्पन्न हुन्छ । उनले गणितको सूत्रको सहायताले चन्द्र ग्रहणको अवधीलाई गणना गर्ने विधि विकसित गरेका थिए । जुन पछि गएर वैज्ञानिकहरूले विकसित गरेको अवधिसँग करिब मेल खान गएको थियो । आर्य भटले शून्यको आविष्कार गरेका थिए र गणितका कैयौँ फर्मुलाहरू पनि दिएका थिए । बाल्यकालदेखि नै विज्ञान, गणित र तर्कमा उनको रुचि थियो । जब उनी बाह्र वर्षको उमेरमा पुगेका थिए, त्यतिबेला पटनामा एउटा अनौठो खगोलीय घटना घट्यो ।

धेरैजसो मान्छेहरू त्यस दिन मन्दिर र नदीको किनारमा पूजा गरिरहेका थिए । उनीहरूको भनाइ थियोे कि राहु राक्षसले सूर्यलाई केही बेरमा निल्ने छ । तर आर्य भट खुला आकाशमुनि केही उपकरणहरूसँग प्रयोगमा लागिरहेका थिए । उनले पहिले नै सूर्य ग्रहण, समय र दृश्यको बारेमा जानकारी दिएका थिए ।धेरैजसो मान्छेले उनलाई नास्तिक भने र मजाकमा उडाए तर आर्य भट त्यो जमानामा पनि सानातिना उपकरणहरूसहित खोज अनुसन्धानमा लागेका थिए । सूर्य ग्रहणको जानकारी सही निक्ल्यो र परिवार तथा त्यस भेगका मान्छेहरूले उनलाई बल्ल मान्न थाले ।

आर्य भटले नालन्दा विश्वविद्यालयमा गणित र खगोल विज्ञानको पढाइ गरे । ब्रह्माण्डदेखि धर्तीसम्मका कैयौँ रहस्यहरू र गणितको कैयौँ फर्मुलाहरू पढे । २३ वर्षको उमेरमा उनले एक ग्रन्थ आर्य भटीय ग्रन्थको रचना गरे । खगोल विज्ञान र गणितमा आज पनि यस ग्रन्थको प्रयोग भइरहेको छ । आर्य भटले भनेका थिए पृथ्वी गोलो छ तर आर्य भटको यस विचारको सुरुमा विरोध भयो तर धेरै पछि मात्र आर्य भटले सही भनेका थिए भनेर प्रमाणित भयो । त्यसपछि मात्र मानिसहरूले उनको विचारलाई मान्न थाले । उनको समयमा भारतमा धर्मको ठूलो दबदबा रहेको थियो ।

धार्मिक अन्धविश्वासीहरूले विज्ञान र वैज्ञानिक चेतनालाई देखिसहँदैनथे । उनीहरूले आर्य भटको विचारलाई अगाडि आउन दिएनन् र दबाइदिए । भारतमा भौतिकवादी दर्शन र विज्ञानलाई फल्न र फुल्न दिएको भए भारतलगायत दक्षिण एसियामा विज्ञान र वैज्ञानिक चेतनाको विकास उच्चस्तरमा हुन्थ्यो होला । चार्वाक (लोकायत) दर्शनका आधिकारिक दस्ताबेज र किताबहरू नष्ट गरेर भौतिकवादी दर्शनलाई नामेट पार्न खोजेको देखिन्छ । ता कि पछिल्ला पुस्ताहरू भौतिकवादको पक्षमा खुलेर नलागुन् भन्ने अभिप्राय रहेको देखिन्छ ।

तर पछिल्लो समयमा आएर भारतीय लेखक तथा दार्शनिकहरूले प्राचीन भौतिकवादको बारेमा खोज अनुसन्धान गरेर राम्रा राम्रा किताबहरू लेखेका छन् र प्रकाशन पनि भएका छन् । भारत अर्थतन्त्रको हिसाबले विश्वको चौथो अर्थतन्त्र भएको देशमा गनिन्छ । तर वैज्ञानिक चेतनाको दृष्टिकोणले युरोपको तुलनामा धेरै पछि छ । भारतको संस्थापन पक्ष अहिले पनि वैज्ञानिक चेतनाको हिमायती नभएर परम्परावादी छ । विज्ञानलाई धर्मसँग जोडेर हेर्ने गरिन्छ । विज्ञान आफ्नो ठाउँमा हुन्छ भने धर्म पनि आफ्नो ठाउँमा हुन्छ ।

दुवै आ–आफ्नो मान्यताअनुसार चलेका हुन्छन् । दुवैलाई एकअर्कोमा घालमेल गर्नुहुँदैन् । आर्य भटले एउटा कुरा के भनेका छन भने, ‘अल्छि मानिसको वर्तमान र भविष्य केही पनि हुँदैन । यसकारण मेहनत गर्नुस्, तर आलोचनाबाट डराएर लक्ष्य नबदल्नुस् । किनकी लक्ष्यमा पुगेपछि वा लक्ष्य प्राप्त भएपछि नै आलोचना गर्नेहरूको राय नै बदलिन्छ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ५ गते आइतबार