बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा



कैलाली ।
अछाम जिल्लामा अवस्थित बयालपाटा प्रादेशिक अस्पतालमा पहिलोपटक सात जना विशेषज्ञ डाक्टरले स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । प्रादेशिक अस्पतालको रूपमा स्तरोन्नति भएसँगै अस्पतालमा विभिन्न विधाका सात जना विशेषज्ञ डाक्टरले सेवा दिन थालेका हुन् । विगतका वर्षहरूमा हाडजोर्नी र कहिलेकाहीँ एमडीजीपी विशेषज्ञ डाक्टरले मात्र सेवा दिने गरेका थिए । सुदूरपश्चिमको दुर्गम पहाडी क्षेत्रमा एकैपटक सात जना विशेषज्ञ डाक्टर आएर सेवा दिएको यो पहिलोपटक हो ।

सात जना विशेषज्ञ डाक्टरमध्ये हाडजोर्नी तथा हड्डीको क्यान्सरको समेत उपचार गर्ने अस्पतालका कार्यकारी निर्देशक डाक्टर मन्दीप पाठक हुन् । डा। पाठक यस अस्पतालमा एक दशकदेखि कार्यरत छन् । काठमाडौँ विश्वविद्यालयबाट एमबीबीएस पूरा गरी फिलिपिन्सबाट अर्थोपेडिक्समा रेसिडेन्सी सकेका डा. पाठकले मलेसियाबाट अर्थोपेडिक अन्कोलोजीमा फेलोसिपसमेत गरेका छन् ।
यस्तै अर्का अर्थोपेडिक सर्जन हुन् डाक्टर विश्वबन्धु निरौला । भारतको प्रतिष्ठित शैक्षिक संस्था ‘अखिल भारतीय आयुर्विज्ञान संस्थान’ ९एम्स०बाट हाडजोर्नीमा विशेषज्ञता हासिल गरेका डा। निरौलाले काठमाडौँस्थित बी एन्ड बी अस्पतालमा ट्रमा फेलोसिप पूरा गरेका छन् ।

पोखरा, कास्की घर भएका जनरल सर्जन डाक्टर सरोज ढुङ्गानाले चितवन मेडिकल कलेजबाट जनरल सर्जरीमा विशेषज्ञता हासिल गरेका हुन् । यसअघि घोडाघोडी अस्पताल, कैलालीमा काम गरेको अनुभव भएका डा। ढुङ्गाना विगत एक वर्षदेखि बयालपाटा प्रादेशिक अस्पतालमा कार्यरत छन् । गण्डकी मेडिकल कलेज, पोखराबाट जनरल फिजिसियनमा विशेषज्ञता हासिल गरेका डा। सञ्जीव जोशी विगत एक वर्षदेखि बयालपाटा प्रादेशिक अस्पतालमा कार्यरत छन् । काठमाडौँ घर भएका डा। जोशीसँग यसअघि सेती प्रादेशिक अस्पतालमा काम गरेको अनुभव छ । स्त्रीरोग विशेषज्ञ डाक्टर जयनाथ चौधरीले मणिपाल अस्पताल, पोखराबाट स्त्रीरोगमा विशेषज्ञता हासिल गरेका छन् । जनकपुर घर भएका डा.चौधरीसँग पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ९पाटन एकेडेमी अफ हेल्थ साइन्सेज०, ललितपुरमा काम गरेको अनुभव छ । उनी विगत एक वर्षदेखि बयालपाटामा कार्यरत छन् । बयालपाटामा उनको नेतृत्वको टिमले १८ वटा ठूला शल्यक्रिया गरिसकेको छ ।

कान्ति बाल अस्पतालबाट बालरोगमा विशेषज्ञता हासिल गरेका डा। जनक पाठक पनि बयालपाटा प्रादेशिक अस्पतालमा कार्यरत छन् । अछाम जिल्लामा लामो समयदेखि बालबालिकाको उपचारमा समस्या हुँदा धनगढी वा सुर्खेत जानुपर्ने बाध्यता थियो । डा.पाठकको आगमनसँगै जिल्लाबाहिर जानुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ । पाल्पा घर भएका डा। पाठकले स्थानीय तहमा सहज सेवा पु¥याउँदै आएका छन् । बयालपाटा प्रादेशिक अस्पतालमा एनेस्थेसियोलोजिस्टका रूपमा डा। दीपक ढकाल कार्यरत छन् । कैलाली घर भएका डा। ढकालसँग सेती प्रादेशिक अस्पताल, धनगढीमा काम गरेको अनुभव छ । उनले न्याम्स, वीर अस्पतालबाट एनेस्थेसियोलोजीमा एमडी गरेका हुन् ।

बयालपाटा प्रादेशिक अस्पतालमा एक वर्षको अवधिमा ७ सय ४५ वटा मेजर सर्जरी ९ठूला शल्यक्रिया० भएका छन् । जनरल सर्जरी, प्रसूतिरोग तथा हाडजोर्नीसम्बन्धी समस्यामा उक्त संख्यामा शल्यक्रिया भएका हुन् । अस्पताल प्रादेशिक संरचनामा आएको एक वर्ष पूरा भएसँगै भएका शल्यक्रियामध्ये धेरैजसो हाडजोर्नीका रहेका छन् । दुर्गम क्षेत्रमा भिरपहरा र चोटपटकका घटना धेरै हुने भएकाले पनि हाडजोर्नीका शल्यक्रिया बढी भएको अर्थोपेडिक सर्जन डा। विश्वबन्धु निरौलाले बताए । दुर्गममा असम्भवजस्तै मानिने कतिपय जटिल बिरामीको पनि सफल शल्यक्रिया गरिएको उनले जानकारी दिए । अस्पतालका अनुसार चालु आर्थिक वर्ष २०८३ साउन १ देखि असोज ४ गतेसम्म मात्रै थप १३४ वटा शल्यक्रिया भइसकेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज ७ गते बुधबार