सरकारको लगानी ९ खर्ब ६५ अर्ब पुग्यो



काठमाडौँ ।

सरकारको लगानी ९ खर्ब रुपैयाँ नाघेको छ । असार मसान्तसम्म सरकारको लगानी ९ खर्ब ६५ अर्ब ८० करोड ७६ लाख ६४ हजार रुपैयाँ पुगेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले गरेको लगानीमध्ये सेयर लगानीतर्फ ४ खर्ब १० अर्ब ५५ करोड ४१ लाख रुपैयाँ रहेको छ भने ऋण लगानीतर्फ ५ खर्ब ५५ अर्ब २५ करोड ३५ लाख रुपैयाँ लगानी पुगेको छ ।

गत आर्थिक वर्ष २०८२–०८३ मा सरकारले ३४ अर्ब ९२ करोड ७१ लाख ९६ हजार रुपैयाँ लगानी गरेको छ । जसमा सेयर लगानीतर्फ ५ अर्ब ७३ करोड ९९ लाख ४६ हजार रुपैयाँ र ऋणतर्फ २९ अर्ब १८ करोड ७२ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

सरकारले गत आर्थिक वर्षमा लगानीबाट ५६ अर्ब २० करोड २४ लाख ४९ हजार रुपैयाँ आम्दानी गरेको छ । जसमा लाभांशबाट प्राप्त आम्दानी ५० अर्ब ९२ करोड ९५ लाख ४१ हजार रुपैयाँ बराबर रहेको छ । यस्तै, साँवा फिर्तातर्फ २ अर्ब ८६ करोड ५२ लाख ६६ हजार रुपैयाँ र ब्याज प्रतिविद्धताबाट २ अर्ब ४० करोड ७६ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १५ गते शुक्रबार