काठमाडौँ ।
पाकिस्तानको ब्रड पिक हिमालमा हराएको नेपालीमूलका विश्वप्रसिद्ध आरोही निर्मल पुर्जासहितको टोलीलाई खोज्न हेलिकोप्टर परिचालन भएको छ ।‘पाकिस्तानको ब्रड पिक क्षेत्रमा सर्च एन्ड रेस्क्यु अभियानका लागि बिहान ८ बजे हेलिकोप्टर ब्रड पिकतर्फ उडिसकेको जानकारी प्राप्त भएको छ’, पर्वतारोहीसमेत रहेका नेपालको प्रतिनिधिसभा सदस्य मिङ्मा शेर्पाले भने ।
पाकिस्तानको काराकोरम पर्वतशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा हिमपहिरो जाँदा पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन भएको छ । पाकिस्तानी पर्वतारोहण अधिकारीहरूका अनुसार बिहीबार दिउँसो हिमपहिरो गएको हो । त्यसयता टोलीसँग कुनै सम्पर्क हुन सकेको छैन । टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र पाँच नेपालीसहित विभिन्न देशका आरोही रहेका छन् ।
प्रकाशित मिति : २०८३ साउन १५ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्