काठमाडौँ ।
नेकपा एमालेका अधिक सदस्य एवं शुभेच्छुकले अध्यक्ष केपी शर्मा ओलीलाई हटाउनुपर्छ भन्ने पक्षमा मत जाहेर गरेका छन् । ‘नेकपा (एमाले) रुपान्तरण र पुनर्संरचनाको लागि पुनर्जागरण अभियान २०८०’ नामक अभियानले एउटा सर्वेक्षण गरेको थियो । पार्टी नेतृत्व फेर्न दबाब दिने उद्देश्यले संगठनभित्र चलाइएको यस अभियानले अध्यक्षको पक्षमा निराशाजनक मत जाहेर गरेको देखिएको छ ।
सर्वेक्षणको १० नम्बरमा राखिएको प्रश्नमा ‘विद्यमान पार्टी नेतृत्वबारे तपाईंको धारणा के छ ?’ भनेर सोधिएको छ । जसमा ८७.६ प्रतिशतले ‘नेतृत्व परिवर्तन हुनुपर्छ’ भनेका छन् । तर, १०.५ प्रतिशतले भने ‘हालकै नेतृत्व ठीक छ’ भनेका छन् । बाँकीले ‘केही भन्नुछैन’ भन्ने विकल्पमा जवाफ दिएका थिए ।
विद्यमान पार्टी नीतिबारे सोधिएको प्रश्नमा पनि ८७.५ प्रतिशतले ‘परिमार्जित हुनुपर्छ’ भन्ने पक्षमा र ‘हालकै नीति ठिक छ’ भन्ने पक्षमा मत जाहेर गरेको देखिएको छ । ९१.४ प्रतिशतले भने पार्टी हालकै अवस्थामा अगाडी बढ्न नसक्ने मत जाहेर गरेका छन् । विद्यमान संगठन संरचना अद्यावधिक हुनुपर्छ भन्ने पक्षमा ९१.४ प्रतिशतले सहमति गरेका छन् । एमाले नेता रमेश पौडेलका अनुसार उक्त सर्वेक्षण एमाले सम्बद्ध ७२.२ प्रतिशत, एमाले समर्थित १५.९ प्रतिशत बाँकी अन्य दल र स्वतन्त्र नागरिकका बीचमा गरिएको जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्