बागमती ।
हेटौँडा औद्यागिक क्षेत्रभित्रका बक्यौता तिर्न बाँकी उद्योगहरूमध्ये केही उद्योगबाट रु चार करोड बक्यौता रकम सङ्कलन भएको छ । बक्यौता तिर्न बाँकी उद्योगहरूको लाइन काट्न थालिएसँगै उद्योगीहरूले रकम बुझाएर पुनःलाइन जोड्न थालेसँगै उक्त बक्यौता रकम सङ्कलन भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिए ।
उनका अनुुसार कार्यालयले हालसम्म करिब ६० उद्योगको विद्युत् लाइन काटेकामा बक्यौता रकम बुझाउन आउने उद्योगको पुनः लाइन जोड्ने काम पनि भइरहेको छ।लाइन काट्ने काम जारी रहने उल्लेख गर्दै सूचना अधिकारी भण्डारीले शनिबार र आइतबार सार्वजनिक बिदा भएका कारण सोमबारदेखि मात्रै उक्त कार्यलाई निरन्तरता दिइने बताए । हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेका साना ठूला गरी कूल १३१ वटा उद्योगको बक्यौता तिर्न बाँकी करिब रु १३ करोड रहेको र बक्यौता रकम नबुझाएका सबै उद्योगको विद्युत् लाइन काटिने कार्यालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्