धनगढी ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा कैलालीसहित चार जिल्लाका उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन । मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिएका १६ जना कैलालीसहित डोटी, डडेल्धुरा र बाजुराका रहेका छन् । जसमा कैलालीका १३, डोटी, डडेल्धुरा र बाजुराका १÷१ जना रहेका छन । कैलाली भित्र पनि १२ जना कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का र एकजना क्षेत्र बाहिरका रहेका छन् ।
कैलाली निर्वाचन क्षेत्रभित्र ४ पालिका रहेका छन् । जसमा गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, चुरे गाउँपालिकाका पूरै र मोहन्याल गाउँपालिकाको एउटा वडा समावेश छ । मंगलबार उम्मेदवारी दर्ता गराउनेमा गोदावरीका ६ जना, गौरीगंगाका ४ जना र चुरेका २ जना रहेका छन् ।
गोदावरीबाट उम्मेदवारी दिनेमा नेशनल रिपबीलकन पार्टीका गोपीलाल राना (गोदावरी– ८ मजगाउँ), स्वतन्त्र उम्मेदवार छत्रबहादुर भट्ट खत्री (गोदावरी – ३ मालाखेती), मितेरी पार्टी नेपालका दिनेशकुमार मल्ल (गोदावरी २), नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का मोहनदेव मिश्र (गोदावरी–२ अत्तरिया), नेपाल मानवतावादी पार्टीका यज्ञबहादुर टमोटा (गोदावरी –३) र नेकपा एमालेका लेखराज भट्ट (गोदावरी–१) रहेका छन् ।
यस्तै गौरीगंगाबाट उम्मेदवारी दिनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका खेमराज कोइराला (गौरीगंगा –१ मंगलपुर), नाउपा नेपालका धनबहादुर सुनार (गौरीगंगा – ५ अण्डैया), उज्यालो नेपाल पार्टीका सुभास कुँवर (गौरीगंगा –६ बनबेहडा) र नेपाल कम्युनिष्ट पार्टीका हरिराम चौधरी (गौरीगंगा –४)का रहेका छन् । चुरेबाट उम्मेदवारी दिनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल रजवार (चुरे –१) र श्रम संस्कृति पार्टीका भिमबहादुर थापा मगर (चुरे –१ भासु) रहेका छन् ।
यस्तै कैलालीको लम्कीचुहाबाट नेपाल मजदुर किसान पार्टीकी अमृता भुल (लम्कीचुहा –५ तिलकपुर)ले उम्मेदवारी दर्ता गरेकी छिन् । यस्तै डोटीबाट नेपाली काँग्रेसका गोरखबहादुर बिष्ट (जोरायल–५ धुपारी), बाजुराबाट नेकपा (माओवादी)का भक्तबहादुर शाही (जगन्नाथ– २ बस्केना) र डडेल्धुराबाट राष्ट्रिय जनमोर्चाका हेमराज भट्ट (नवदुर्गा –१ कोटेली)ले उम्मेदवारी दर्ता गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्