काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङदेनले घोषणापत्र सार्वजनिक गरेका हुन् । राप्रपाले घोषणापत्रमा हिन्दु राष्ट्र, राजसंस्था, प्रदेश संरचनाको खारेजी, एक व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नपाउने व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई प्रमुख एजेन्डा बनाएको छ ।

प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचनाको माग गरेको छ । प्रपाले उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था मिलाउने सङ्कल्प गरेको छ।
घोषणा पत्रमा नीतिगत तथा कार्यगत क्षेत्रमा देखिएका भ्रष्ट्राचार तथा अनाचार अन्त्य गर्न सार्वजनिक पद धारण गर्ने पदाधिकारीलाई कानुनी दायरामा ल्याउन स्वार्थको द्वन्द्वसम्बन्धी कानुन जारी गरिने, अन्तर्राष्ट्रिय आर्थिक मान्यता एवम् देशको परिस्थिति र आवश्यकतालाई दृष्टिगत गर्दै विद्यमान सम्पत्ति शुद्धीकरण ऐनमा सुधार ल्याइने, राजनैतिक हस्तक्षेपमुक्त संवैधानिक नियुक्तिको व्यवस्था गरिने उल्लेख छ।









प्रतिक्रिया दिनुहोस्