किथुल परम्परालाई युनेस्को मान्यता



श्रीलङ्काका मेकानिक सारथ आनन्दले कुवेतमा गरेको जागिर छोडेर परम्परागत किथुल पामबाट मिठाई बनाउने पेशा अँगाल्दा यसले विश्वव्यापी प्रशंसा पाउनेछ भन्ने कल्पना समेत गर्नुभएको थिएन । आनन्दले सन् २००८ मा स्वदेश फर्किएर परिवारको पुस्तौँदेखिको पेशा अपनाउनुभयो । किथुल पामबाट रस सङ्कलन गर्ने उहाँ अहिले युनेस्कोद्वारा मानवताको अमूर्त सांस्कृतिक सम्पदाको रूपमा सूचीकृत शिल्पका अनुभवी व्यवसायीमध्ये एक हुन् ।
यस मान्यताले श्रम अभाव, अनियन्त्रित मिलावट र घट्दो रस आपूर्तिका कारण कमजोर अवस्थामा रहेको कुटीर उद्योगलाई अन्तर्राष्ट्रिय ध्यानको केन्द्रमा ल्याएको छ । बिहान सबेरै र साँझपख ६३ वर्षीय आनन्द अग्ला क्यारियोटा युरेन्स पामका रुख चढेर मीठो दुधे रस सङ्कलन गर्छन् ।
यही रस उमालेर क्यारामेल रङको सुगन्धित ट्रेकल बनाइन्छ, जसले किथुल मिठाईलाई विशिष्ट स्वाद दिन्छ । लामो समय उमाल्दा यही रस खनिजयुक्त पाम चिनी अर्थात् गुडमा परिणत हुन्छ, जसको ग्लाइसेमिक इन्डेक्स साधारण उखु चिनीभन्दा कम हुन्छ ।
तर उनका पाँच वटा रुखबाट दैनिक करिब २०० लिटर रस उत्पादन भए पनि घरेलु ब्रान्डको माग पूरा गर्न पर्याप्त हुँदैन । त्यसैले उनले ५५ जना ट्यापरहरूको सञ्जाल विकास गर्नुभएको छ, जसले अस्ट्रेलिया, बेलायत, न्युजिल्यान्ड र मध्यपूर्वसम्म निर्यात सम्भव बनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २७ गते मंगलबार