रासस महाप्रबन्धकद्वारा तालिम केन्द्र भवनको निरीक्षण



चितवन । राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सन्दीप राईले नेपाली पत्रकारितालाई मजबुत बनाउने र सूचना पहुँचको दायरालाई व्यापक बनाउन रासस क्रियाशील रहेको बताएका छन् । भरतपुर महानगरपालिका–१० मा निर्मित राससको तालिम केन्द्रभवनको निरीक्षणपछि उनले व्यावसाियक पत्रकारिताको प्रवद्र्धनमा रासस लागिपरेको बताएका छन् ।

तालिम केन्द्रलाई देशभरिका सरकारी, गैरसरकारी र निजी क्षेत्रको तालिम केन्द्रका रुपमा विकास गर्न सकिने बताउँदै उनले भवनको अधिकतम सदुपयोगका लागि स्थानीयसँगै सरोकार भएका सबैसँग छलफल जारी रहेको जानकारी दिएका दिए । भरतपुरस्थित सघन सहरी तथा भवन निर्माण आयोजनाले रु पाँच करोड ७६ लाख ७१ हजारको लागतमा भवन निर्माण गरेको हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २४ गते शनिबार