काठमाडौँ । वरिष्ठ कलाकार सुनील थापाको आज बिहान निधन भएको छ । हृदयाघातपछि आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएका थापाको निधन भएको हो । नर्भिकका प्रशासन प्रमुख विमल बोगटीले अस्पताल पुग्नुअगावै थापाको निधन भएको बताए।
कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार थापाको परिवार नेपालमा छैन । श्रीमती र छोरा मुम्बाईमा बस्दै आएका छन् ।
आधिकारिक घोषणा भएपछि मात्र अन्य श्रद्धान्जलीका कार्यक्रमहरु तय गरिने निरौलाले बताए । भिडियो फिल्म मसालबाट नेपाली चलचित्रको यात्रा शुरू गरेका उनी चलचित्र चिनोको ‘राते काइला’को भूमिकाले बढी चिनिन्छन् ।
प्रकाशित मिति : २०८२ माघ २४ गते शनिबार









प्रतिक्रिया दिनुहोस्