बागमती प्रदेशबाट राष्ट्रिय सभामा दंगाल र देवकोटा



 

बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा एमालेका प्रेमप्रसाद दंगाल र नेपाली कांग्रेसकी गीता देवकोटा विजयी भएका हुन् । दंगालले प्रदेशसभा तर्फबाट ५९ मतसहित ३ हजार १२७ मतभार र स्थानीय तहतर्फ १६२ मत सहित ३ हजार ७८ गरी कुल ६ हजार २०५ मतभार पाए । एमाले कांग्रेसको गठबन्धनबाट उम्मेदवारी दिएका उनीहरु निर्वाचित भएका हुन् ।

बागमति प्रदेशबाट नेकपाका प्रेमप्रसाद सापकोटा र सरोजकुमारी झा तथा नेमकिपाबाट कविता महर्जन र विक्रम ढुकुछेले पनि उम्मेदवारी दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ११ गते आइतबार