लुम्बिनी प्रदेशमा ४ सांसद पद रिक्त



बुटवल ।

लुम्बिनी प्रदेश सभा  चार  प्रदेशसभा  सदस्यले राजीनामा दिएका छन् ।  प्रतिनिधि सभामा उम्मेदवार बन्नको लागि  ४ जना सांसदले राजीनामा दिएपछि उक्त पद रिक्त भएको हो ।

राजीनामा दिनेहरूमा नेपाली कम्युनिस्ट पार्टीबाट प्रदेश सभा सदस्य रहेका धन बहादुर मास्की दाङ क्षेत्र नम्बर ३ (ख) र कृष्णा केसी बाँके क्षेत्र नम्बर १(क)  रहेका छ ।

नागरिक उन्मुक्ति पार्टीका धर्म बहादुर चौधरीले पनि राजीनामा दिएका छन् । मास्की, केसी र चौधरी प्रदेशसभामा मन्त्रीसमेत रहेका थिए । लोसपाका कन्यौया बनियाले पनि राजीनामा दिएका छन् । लुम्बिनी प्रदेश सचिव दुर्लभ पुन  मगरले  चारै सिट रिक्त भएको जानकारी दिएका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार