कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्यारेलाल रानाले स्वतन्त्र उम्मेदवारी दिएका छन । मंगलबार बिहान मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा प्रतिनिधिमार्फत उम्मेदवारी दर्ता गराएका हुन ।
प्यारेलाल राना सुदूरपश्चिम नेपालका एक प्रभावशाली नेता र थारु समुदायका प्रखर व्यक्तित्व हुन। उनी विशेष गरी थारु समुदायको हक-अधिकार र स्थानीय विकासका लागि परिचित छन। उनी लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध थिए।
उनले पार्टीभित्र जिल्लास्तरको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए । कैलाली ५ मा नेपाली काँग्रेसबाट नरनारायण शाह (मनु) लाई उम्मेद्वार बनाएकाे छ ।
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्