डोटी । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीबाट अछाम निर्वाचन क्षेत्र–१ बाट भीम रावल चुनाव लड्ने भएका छन् । नेकपा एमालेका पूर्व उपाध्यक्षसमेत रहेका रावल नेकपाबाट चुनाव लड्ने भएका हुन् ।

एमालेबाट निस्कासित भएपछि मातृभूमि अभियान चलाएका रावल केही समयमा नेकपामा समाहित भएका थिए । अछाम—२ बाट शरदसिंह भण्डारीले उम्मेदवारी दिने भएका छन् । उक्त क्षेत्रमा रास्वपाबाट भूूपदेव शाह चुनाव लड्दैछन् । शाह बालेन शाहका प्रमुख स्वकीय सचिव हुन् । यस्तै नेकपाले सुदूरपश्चिममा उम्मेदवार टुंगो लगाएको छ ।
प्रकाशित मिति : २०८२ माघ ३ गते शनिबार









प्रतिक्रिया दिनुहोस्