समाजसेवी ओलीद्वारा जन्मदिनमा शैक्षिक सामग्री सहयोग



कोहलपुर (बाँके) ।

युवा समाजसेवी तारा वलीले जन्मदिनको अवसरमा दुई वटा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकी छन् । जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्र बाँकेकी अध्यक्षसमेत रहेकी वलीले प्युठान र बाँकेको राप्ती सोनारीस्थित विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेकी हुन् ।

अध्यक्ष वलीले आफ्नो जन्मदिनको उपलक्ष्यमा प्युठानको स्वर्गद्वारी नगरपालिका –१ रैमाखोला बाघसिंहस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेकी हुन् । विद्यालयका प्रधानाध्यापक कविन्द्र परियारका अनुसार समाजसेवी वलीले जन्मदिनको अवसर पारेर विद्यालयका पाँच जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको बताए ।

उनका अनुसार वलीले सामग्रीसँगै एक दिनको दिवा खाजाका लागि आर्थिक सहयोगसमेत प्रदान गरेकी छन् । उनले विद्यार्थीहरूलाई चार दर्जन कापी, पाँच डिब्बा कलम र एक दिनको दिवासमेत गरेर कूल ५ हजार बराबरको सहयोग गरेको प्रधानाध्यापक परियारको भनाइ छ । समाजसेवी वलीले केन्द्रमार्फत २३ जना विपन्न तथा साहाराविहीन बालबालिकाहरूलाई आश्रय दिइरहेकी छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर ९ गते मंगलबार