उहाँ आफैँले प्रदेशमा दलबहादुर सुनारलाई बागी उम्मेदवार बनाएर आफू चुनाव लड्नुभएको हो । जालझेल गरेर आफूले चुनाव जित्नुभयो । प्रदेशमा एमालेका रत्न खत्रीले जित्नुभयो । पार्टीले उहाँमाथि कुनैपनि किसिमको हस्तक्षेप गरेको थिएन । चुनाव हराउने नियत पनि थिएन । अझ उहाँको क्षेत्रमा रहेका धेरै असन्तुष्ट पक्षलाई म आफैँ गएर फकाएको छु । पार्टीको विपरित जानु हुन्न भनेको छु । उहाँलाई जिताउन लागेको हो । अहिले उहाँले बाँके जिल्लाको नेतृत्वको विषयमा जुन किसिमको अभिव्यक्ति दिनुभएको छ । त्यो सरासर गलत हो ।
नारायणप्रसाद गौडेल, सभापति नेपाली काँग्रेस बाँके
१. तपाईँको नेतृत्वको नेपाली काँग्रेस बाँकेले २०७९ सालको स्थानीय तह निर्वाचनमा पहिलो स्थान हासिल गरेको थियो। जिल्लाको मुख्य नेतृत्वको रूपमा कत्तिको संघर्ष गर्नुप¥यो ? त्यो नतिजा ल्याउन कसरी सम्भव भयो ?
हामीले तेरो मेरो नभनिकन जनतामाझ लोकप्रिय रहेका, जसले जनताका सुख दुःखमा साथ दिएर राजनीति गरेको थियो । जो राजनीतिक रूपमा अरुभन्दा बढी भिजेको थियो । त्यस्ता प्रकारका उम्मेदवार हामीले छान्यौँ । त्यसैको प्रतिफल स्वरूपमा हामीले बाँकेमा राम्रो नतिजा ल्याउन सफल भएका हौँ । अर्को महत्वपूर्ण कुरा भनेको उम्मेदवार बिनाविवाद छनौट हुनुको हो । तर केन्द्रको परिपत्र गठबन्धन गर्ने भन्ने थियो।
त्यो गठबन्धन पनि नगरेर हामी एक्लै चुनावी मैदानमा उत्रियौँ ।
त्यो कारण भनेको पार्टीका तमाम् कार्यकर्ताको चुनाव चिन्हप्रतिको माया र लगाव थियो । उहाँहरूले हामीलाई रूख चुनाव चिन्हमै भोट हाल्न पाउनुपर्छ भनेर निरन्तर दबाब दिनुभयो । पार्टी पनि सोहीअनुसार अघि बढ्यो । कोहलपुर, बैजनाथ र राप्ती सोनारी लगायतका क्षेत्रमा २०४६ पछि हामी चुनाव जित्न सफल भयौँ । अहिले स्थानीय सरकारमा जो साथीहरू हुनुहुन्छ । उहाँहरूले राम्रो काम गरिरहनु भएको छ ।
२. अहिले जताततै मिसन ८४ भन्ने गरेको सुनिन्छ । नेपाली काँग्रेसले समेत विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ । त्यसको तयारीका लागि के कस्ता गतिविधि गरिरहनु भएको छ ?
अहिले हरेक क्षेत्रमा सुशासन भन्ने कुरा निकै सुनिन्छ । नेपाली काँग्रेसले पनि हरेक क्षेत्रमा सुशासन कायम होस् भन्नका लागि विभिन्न कार्यालयहरूलाई ध्यानाकर्षण गराउँदै आएको छ । तर, अहिले पनि आम नागरिकहरूले सुशासन कायम हुन सकेन भनेर भनिरहेको अवस्था छ । देशको अवस्था हेर्दासमेत त्यस्तै देखिन्छ । आज मालपोत र नापी लगायतका कार्यालयबाट नागरिकहरूले राम्रोसँग सेवा पाउन सकिरहेको अवस्था छैन ।
यसमा राज्य तहबाटै संरचनागत परिवर्तन र सुधारको खाँचो छ । यसका साथै राज्यले ठोस नीति बनाउन आवश्यक छ । स्थानीय तहको हकमा हामीले जितेका ठाउँमा नागरिकहरूलाई सहज सेवा प्रदान गर्न जनप्रतिनिधिहरूलाई बारम्बार भन्दै आएका छौँ । त्यस्ता ठाउँमा हामीले सुधारका लागि अपील गरिरहेका छौँ । यस्ता कुराहरू क्रमशः सुधार हुँदै जान्छन् । सोहीअनुसार अघि बढनुपर्छ भन्ने हाम्रो धारणा रहेको छ ।
३. भातृ संगठनलाई थप चलायमान बनाउँदै हुनुहुन्छ । संगठन सुदृढीकरण र चलायमान बनाउन ८४ केन्द्रित के कस्ता गतिविधि सञ्चालन हुँदैछन् बाँकेमा ?
हामीले विशेष गरेर नेपाली काँग्रेसका तमाम् नेता तथा कार्यकर्तालाई सक्षम बनाउनको लागि प्रशिक्षण कार्यक्रमलाई प्राथमिकतामा राखेका छौँ। हामीले योभन्दा विगतमा बाँकेका आठ स्थानीय तहमध्ये तीन वटामा प्रशिक्षण सम्पन्न गरिसकेका छौँ । अन्य पालिकामा समेत प्रशिक्षण कार्यक्रम सम्पन्न हुँदैछन् । ८१ वटा वडाका वडा सभापति र सचिवलाई समेत पार्टीले प्रशिक्षण गराएको छ । यस्तै अस्ति भर्खरै, महाधिवेशन, महासमिति तथा जिल्लाका सदस्य, क्षेत्रीय प्रतिनिधि, प्रदेश पदाधिकारी र पालिका पदाधिकारीहरूलाई समेत प्रशिक्षण प्रदान ग¥यौँ । यतिमात्रै होइन गाउँगाउँ, टोलटोलसम्म संगठन विस्तारलाई समेत तीव्रता दिइएको छ ।
सबै पार्टीका नेता कार्यकर्ताहरू आ–आफ्नो जिम्मेवारीमा लाग्नुभएको छ । यसैगरी, पार्टीले विभिन्न स्वास्थ्य शिविरहरूसमेत सञ्चालन गरेको छ। पार्टीले जनपक्षीय काम गर्नका लागि र संगठनलाई अझ मजबुत बनाउनका लागि लागिपरेको छ । मलाई लाग्छ ८४ को चुनावमा हामीले नै चुनाव गराउन पाउने हो भने २०७९ सालको निर्वाचनभन्दा राम्रो नतिजा ल्याउने सामथ्र्य राख्दछौँ ।
४. नेपाली काँग्रेसमा क्रियाशील सदस्यताको विवाद आउने गरेको छ । बाँके जिल्लाको हकमा के छ अवस्था ?
सदस्यता तल्लो तहबाट सिफारिस हुँदै माथिल्लो तहसम्म पुग्ने हो । बाँके जिल्लाको हकमा जिल्लाले पुराना क्रियाशील अद्यावधिक गर्दैछ । यसमा हामी कुनैपनि किसिमको कमीकमजोरी गर्नेछैनौँ । जसमा पार्टीका विधि विधान र पद्धति लागु हुन्छन् । सोहीअनुसार पार्टी अघि बढ्छ ।
पार्टीको विभिन्न लाभका पदमा रहेका र पार्टीले जिम्मेवारी दिएका तर लेबी नतिरेका साथीहरूको नवीकरण हुँदैन । कुनैपनि तहमा रहेका हुन् लेबी नतिरेकाहरूको नवीकरण हुँदैन । पार्टीको विधानले स्पष्ट रूपमा लेबी तिर्न भनेको छ । सोहीअनुसार तिर्नुपनि पर्छ । हामीले सोहीअनुसार तिर्नसमेत आह्वान गरेका छौँ । अहिले पनि अनुशासन समितिमा कारबाहीको लागि पठाइएकाहरूको पार्टीले जबसम्म निर्णय गर्दैन तबसम्म कुनैपनि प्रक्रिया अघि बढ्दैन । नयाँ परिपत्रसमेत आएको छ ।
५. अब पछिल्लो समय चर्चा र विवादमा रहेको विषयवस्तुतर्फ लागौँ, बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसले नै जितेको छ । तर अहिले जित्नुभएका उम्मेदवारलाई हराउन विद्रोही उम्मेदवार बनाइयो ? के उहाँलाई पराजय गराउन खोज्नु भएको थियो तपाईँले ?
सर्वप्रथम त सम्पूर्ण बाँकेबासी दाजुभाई, दिदीबहिनी र नेता कार्यकर्ताहरूलाई म के भन्न चाहन्छु भन्दाखेरी त्यतिबेला नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसको गठबन्धन थियो । त्यतिबेला केन्द्रबाट नेपाली काँग्रेसबाट किशोरसिंह राठोर र माओवादीबाट आइपी खरेल प्रदेशमा हुनुहुन्थ्यो । तर अहिले जुन चन्तराम थारूको कुरा आएको छ । उहाँ नेपाली काँग्रेस परित्याग गरेर नागरिक उन्मुक्ति पार्टीमा जानु भएको थियो।
उहाँ प्रदेशमा चुनाव लड्नुभयो । नागरिक उन्मुक्तिबाट संघमा रवी श्रेष्ठले उम्मेदवारी दिनुभएको थियो । उहाँलाई हामी नै लागेर उम्मेदवारी फिर्ता गराएका हौँ । यदि हाम्रो पार्टीका उम्मेदवारलाई हराउन चाहेको भए अर्को पार्टीको उम्मेदवारीलाई फिर्ता गराउने थिएनौँ होला । उहाँ आफैँले दलबहादुर सुनारलाई बागी उम्मेदवार बनाएर आफू चुनाव लड्नुभएको हो ।
जालझेल गरेर आफूले चुनाव जित्नुभयो । प्रदेशमा एमालेका रत्न खत्रीले जित्नुभयो । पार्टीले उहाँमाथि कुनैपनि किसिमको हस्तक्षेप गरेको थिएन। चुनाव हराउने नियत पनि थिएन । अझ उहाँको क्षेत्रमा रहेका धेरै असन्तुष्ट पक्षलाई म आफैँ गएर फकाएको छु । पार्टीको विपरित जानु हुन्न भनेको छु । उहाँलाई जिताउन लागेको हो । अहिले उहाँले बाँके जिल्लाको नेतृत्वको विषयमा जुन किसिमको अभिव्यक्ति दिनुभएको छ । त्यो सरासर गलत हो । त्यो अभिव्यक्ति हामीलाई हतोत्साही बनाउनका लागि आएको भन्ने मैले बुझेको छु । कार्यकर्तालाई अपमान गर्ने कुरा हो । मैले आजका मितिसम्म नेपाली काँग्रेसका कुनैपनि ठाउँमा कुनैपनि पदमा नेपाली काँग्रेसका साथीहरूलाई हराउनका लागि भूमिका खेलेको छैन । यस्ता कुरा सत्य सावित भएको दिन राजनीतिबाट सन्यास लिन्छु ।
६. तपाईँलाई उहाँले ‘चार कक्षासमेत नपढेको’ भन्नु भएको छ, साँच्चै चार कक्षापनि पढ्नु भएको छैन, हो ?
मलाई के लाग्छ भन्दाखेरी नेपाली काँग्रेसको विधानमा वडादेखि केन्द्रसम्म जुनसुकै ठाउँमा जानका लागि यति पास उति पास गरेको हुनुपर्छ भनेको छैन । कि विधानमा प्रष्ट हुनुप¥यो । समाज सेवा गर्नका लागि पढ्नुपर्छ भन्नेपनि छैन । उहाँलाई चुनौती दिन चाहन्छु । औँठाछापले पनि समाजसेवा गरेका छन् । म २०४८ देखि अहिलेसम्म निरन्तर पार्टीका लागि भनेर खटिएको छु । अहिलेसम्म मैले पढेको त्यही हो । यही हो मेरो योग्यता । विधानभन्दा बाहिर गएँ भने कसैले पनि बाँकी राख्दैन । मेरो पढाइ कति भनेर सोध्नु कत्तिको जायज हो ? मलाई तेजोवध गर्न खोजिएको छ । भोलि मभन्दा पनि नपढेको मान्छे नेतृत्वमा पुग्न सक्छ ।
अनुभव भएको मान्छे चाहिन्छ । मैले गलत गरेको छैन । गलत भएको छ भने उहाँले हामीलाई बोलाएर भन्न सक्नुहुन्छ । उहाँले सार्वजिक ठाउँमा आपत्तिजनक कुरा राखेर आफ्नो हैसियत देखाउनु भएको छ । जसले सारा जिन्दगी नेपाली काँग्रेसका लागि दियो । जसले आफ्ना छोराछोरीको भविष्यलाई ख्याल नगरी पार्टी बनाउन लाग्यो । उसैलाई अहिले आएर अपमान गर्ने काम भएको छ ।
७. अर्कातिर नेपाली काँग्रेसभित्र विभिन्न किसिमका गुटका कारण पार्टी सञ्चालनमा कत्तिको कठिनाइ हुने गरेको छ नी ?
मलाई के लाग्छ भने १४औँ महाधिवेशनबाट म सभापतिमा जितेँ । जिल्लामा म स्पष्ट अल्पमतमा छु । तर, विभिन्न कठिनाइका बाबजुत मैले पार्टीलाई निरन्तर सञ्चालन गरिरहेको छु । अब आउने मंसिरमा हाम्रो समयावधि सकिँदैछ । केन्द्रबाट म्याद थप्यो भने बँच्ला । नभए अब सकिन्छ । विगतमा म धेरै कठिनाइ पार गरेर यहाँसम्म आइपुगेको मान्छे हुँ । स्वभाविक रूपमा नेपाली काँग्रेसमा घोषित अघोषित गुटहरू सक्रिय नभएका होइनन् । मेरो कुरा गर्नुहुन्छ भने मैले गलत काम गरेको भए मलाई समस्या हुन्थ्यो ।
अल्पमतको सभापतिले जिल्ला चलाउन बडो मुस्किल थियो । मैले पार्टीको हितविपरीत कुनैपनि कुरा सोँचिन । पार्टीलाई जहिलेपनि बलियो र सक्षम बनाउन लागिपरेँ । नेपाली काँग्रेसलाई बलियो पार्टी बनाउन लागिपरेँ । मलाई पार्टी चलाउन कुनैपनि समस्या छैन । अब कार्यकालको अन्त्यतिर छु । अहिलेसम्म मलाई साथ दिनेहरूलाई धन्यवाद दिन चाहन्छु । म सबै काँग्रेसीजन एकजुट हुनुपर्छ । म तल्लो कमिटीदेखि अहिलेसम्मको तहसम्म पुगेको छु । आम कार्यकर्ताको सहयोग पाएर आएसम्म पुगेको हुँ । कार्यकर्ताहरूको मायाका कारणले पार्टी चलाउन पुगेको हुँ ।
८. सभापति ज्यु, अहिले आम दलका नेताहरूले आफूलाई राजा मान्ने र कार्यकर्तालाई रैती मान्ने प्रवृत्ति छ ? यस्तो कारणले नेता कार्यकर्ता निराश भएका छन् ? यस्ता कुराले मिसन ८४ लाई कस्तो असर गर्ला ?
केही साथीहरूलाई राजा भन्ने प्रवृत्ति सवार भएको होला । समग्रमा भन्दा नेपाली काँग्रेसमा यस्तो प्रवृत्ति छैन । नेपाली काँग्रेसका कार्यकर्ता, नेपाली काँग्रेसमा आस्था राख्नेहरू विचित्रको हुनुहुन्छ । हामी राजा र रैती प्रवृत्तिलाई खारेज गर्छौँ । त्यसैले हाम्रै नेतृत्वमा राजा र राणा फालेका हौँ । विभिन्न किसिमका सामन्तवादका अवशेष बन्द गरेका छौँ । आज गणतन्त्र आएको छ । अझै पनि पुरानो प्रवृत्ति बोकेर हुँदैन ।आज जसले म नै सर्वेसर्वा हुँ भनेर सोचेको छ । उ सधैँ रहने छैन ।
यस्तो कुरामा हेक्का राखे हुन्छ । हामी भुइँमान्छे हौँ । भुँइमै छौँ । जुन राजा बन्न खोज्ने प्रवृत्ति छ उनको अवसान अवश्य छ । हामी सधैँ जनताका पक्षमा छौँ । जनताकै लागि दिनरात लागिपरेका छौँ । जहाँसम्म मिसन ८४ को कुरा छ । त्यसैले यो हाम्रो प्रमुख लक्ष्य हो । सोहीअनुसार अघि बढेका छौँ । ८४ लाई सफल बनाउनका लागि हामी योजनाबद्ध रूपमा अघि बढेका छौँ ।
९. पार्टीभित्र रहेको तताम् समस्या समाधानको लागि सबै पक्षका नेताहरू एकजुट भएर अघि बढ्नको लागि के भन्न चाहनुहुन्छ ?
एकदम राम्रो प्रश्न गर्नुभयो । मान्छेबीच कमजोरी हुन्छ । ती कमीकमजोरीहरू आमरूपमा बाहिर आउँदा नेता मात्रै होइन पार्टी नै कमजोर हुन्छ। त्यसको फाइदा विरोधीले उठाउन सक्छन् । त्यसैले हरेक जिम्मेवार नेताले सार्वजनिक मञ्च बोल्दा ध्यान दिनुपर्छ । मैले चाहिँ आफूभन्दा तल्लो तहका नेता कार्यकर्ताहरूले केही त्यस्तो काम गरेको खण्डमा पार्टी किमिटीमै छलफल र खुलारूपमा बहस गर्ने गरेको छु ।
म त भन्छु मैले पनि पार्टीको हितविपरीत कुनै कार्य गरेको छु भने माथिल्लो कमिटीले मलाई सोधोस् भनोस् कि तैँले गल्ती गरिस् भनेर म गलत भएको भए सच्याउन तयार हुुन्छु । पछिल्लो समयमा पार्टी जुन किसिमको अराजकता देखिएको छ । त्यसैलाई अन्त्य गर्न जरुरी छ । मान्छेले मान्छेलाई होइन पदलाई सम्मान गर्ने प्रणाली विकास गर्नुपर्छ । सबैले सबैलाई सम्मान गर्नुपर्छ ।
११. अन्त्यमा, सम्पूर्ण कार्यकर्ताहरूलाई सभापतिको हैसियतमा के आह्वान गर्नु चाहनुहुन्छ ?
सम्पूर्ण साथीहरूलाई म के भन्न चाहन्छु भन्दाखेरी कसैले पनि सामाजिक सञ्जालमा एकअर्काविरुद्ध अनावश्यक टिकाटिप्पणी नगरौँ । कसैको तेजोवध नगरौँ । हामी नेपाली काँग्रेसका नैतिकवान र चरित्रवान कार्यकर्ता हौँ । हामी सोहीअनुसार अघि बढ्नुपर्छ । नेपाली काँग्रेसलाई बलियो र मजबुत बनाउनका लागि एकजुट होऔँ । आगामी दिनमा नेपाली काँग्रेसलाई जनताको पार्टी बनाउनको लागि संकल्प गरौँ । मिसन ८४ मा केन्द्रित हुन म सम्पूर्ण बाँकेवासी नेपाली काँग्रेसजनहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु । कुनैपनि साथीले कुनैपनि साथीलाई होँच्याउने काम नगरौँ भन्न चाहुन्छ ।









प्रतिक्रिया दिनुहोस्