हलमा एकैदिन तीन स्वादका नेपाली फिल्म



काठमाडौँ ।

केदार घिमिरे स्टारर ‘माग्ने राजा’, विजय बराल स्टारर ‘जनै हराएको मान्छे’ र आशान्त शर्मा स्टारर ‘ताराहरू’ शुक्रबारदेखि नेपालका हलमा प्रदर्शनमा आएका छन् । सोसल–कमेडी ‘माग्ने राजा’लाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । केदारसहित वर्षा सिवाकोटीको शीर्ष भूमिका रहेको फिल्ममा निर्देशक कमेडीमार्फत सामाजिक मुद्दाहरूमा आक्रोश पोखेका छन् ।

शुक्रबार बिहान र मध्यान्हमा यो फिल्मको देशव्यापी अकुपेन्सी २० देखि ३० प्रतिशत हाराहारीमा थियो । १४९ मिनेट रनटाइमको यो फिल्म केदारको पहिलो लिड फिल्म हो । ऋणको बोझले थिचिएको मुख्य पात्रले आफ्नो सपना पुरा गर्न गर्ने संघर्ष र यथार्थको कथावस्तुमा फिल्म बनेको छ । विजयसहित मिरुना मगर र केकी अधिकारीको शीर्ष भूमिका रहेको ‘जनै हराएको मान्छे’ले प्रिमियरमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

यो फिल्मको विहानी र मध्यान्हको देशब्यापी अकुपेन्सी १० देखि २० प्रतिशत हाराहारीमा देखिन्छ । यसको रनटाइम १४३ मिनेट छ ।
बेलुकी र रात्रीकालिन शोको अकुपेन्सीमा केही वृद्धि भएको थियो । आशान्त शर्माको ‘ताराहरू’को देशव्यापी ओपनिङ निकै न्यून छ । कूल ३० हाराहारीका शोसहित रिलिज भएको यो फिल्मलाई ठूला मल्टिप्लेक्सले न्यून शो दिएका छन् । आशान्तसहित मेनुका प्रधान, मीरा खड्का, कुन्दन शाक्यको अभिनय रहेको यो फिल्मको रनटाइम १४९ मिनेट छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ ७ गते शनिबार