तिहार र छठमा पनि आयोग कार्यालय खुला रहने



बाँके ।

राष्ट्रिय मानवअधिकार आयोग तिहार र छठ पर्वमा खुला रहने भएको छ ।

आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय तिहार र छठ बिदामा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

आयोगले आमनागरिकको मानवअधिकारको संरक्षण कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाइएको जनाएको छ ।

‘यस अवधिमा आयोगले मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्नेछ,’ प्रेस नोटमा भनिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक १४ गते बुधबार