बाँसगढीको किसान चोकमा दैनिक तीज विशेष कार्यक्रम



बाँसगढी ।

विगतका वर्षहरूमा जस्तै बाँसगढीको मुख्य किसान चोकमा दैनिक रूपमा तीज विशेष कार्यक्रम हुन थालेको छ ।

बाँसगढी उद्योग वाणिज्य संघको मुख्य आयोजना र महिला जागरण सामाजिक शिक्षा केन्द्र र केदारेश्वर धाम ट्रस्ट बाँसगढीको सहआयोजनामा शनिबारदेखि तीज विशेष कार्यक्रम हुन थालेको हो ।

आउँदो भदौ २१ गतेसम्म दैनिक रूपमा किसान चोकमा राति साढे ७ बजेदेखि १० बजेसम्म तीज विशेष कार्यक्रम हुनेछ । तीज विशेष कार्यक्रमलाई बाँसगढी पिपलबोट बचत तथा ऋण सहकारी संस्था र कौशिल्या अस्पताल बाँसगढीले प्रायोजन गरेका छन् ।

हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रमको आयोजना गरिएको बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष बद्रीनाथ बरालले जानकारी दिए ।

‘विगतका वर्षहरू जस्तै यसवर्ष समेत आयोजना गरिएको तीज विशेष कार्यक्रममा स्थानीयबासीले उपस्थिति भइरहेको छ,’ उनले भने, ‘बाँसगढीबासीका लागि हामीले उचित सुरक्षा व्यवस्थासहित कार्यक्रमको आयोजना गरेका हौँ ।’

रातिको समयमा हुने तीज विशेष कार्यक्रममा बाँसगढी क्षेत्रका विभिन्न गाउँहरूबाट मानिसहरू बजारमा रहेको किसान चोकमा पुग्ने गरेका
छन् । दैनिकरूपमा विभिन्न साँस्कृतिक कार्यक्रमहरू हुने गर्दछन् ।

प्रकाशित मिति : २०८१ भदौ १७ गते सोमबार