कोहलपुर ।
गोरखा युनाइटेड पब्लिक स्कुलले प्रि–स्कुल शैक्षिक प्रदर्शनी गरेको छ । शनिबार कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख रामबहादुर हमाल, सामाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद विश्वकर्माले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै शिक्षा शाखा प्रमुख हालले शैक्षिक गुणस्तर प्रदान गर्न गोरखा पब्लिक स्कुलले गरेको कार्यको प्रशंसा गरे ।
विद्यार्थीहरूले गरेका प्रदर्शनी र आफैँले बनाएका बुक हेर्दा गोरखा स्कुलबाट साँच्चिकै दक्ष जनशक्ति उत्पादन हुने विश्वास भएको उनले बताए। गोरखा युनाइटेड पब्लिक स्कुलले विगतदेखि नै आफूलाई अन्य विद्यालयभन्दा फकर रूपमा प्रस्तुत गर्दै आएको सामाजिक विकास समिति संयोजक विश्वकर्माले बताए ।
एल केजीका विद्यार्थीदेखि १० कक्षासम्मले तयार पारेका बुक र बच्चाले आफ्नो शिक्षण सिकाइबारे अभिभावकलाई ब्रिफिङ दिएको हेर्दा गर्व लागेको उनले बताए । पुरानै घोकन्ते शिक्षा नभई अब खेल्दै पढ्दै गर्ने व्यवाहारिक शिक्षा प्रदान गर्नु आवश्यक रहेको शिक्षा कन्सल्टेन्सी एबिआई नेपालका सिइयो ढुन्डीराज गिरीले बताए ।
शिक्षकले बोल्ने बच्चाले सुन्ने प्रथाको अन्त्य गर्दै बच्चाले बोल्ने शिक्षकले हेर्ने अभ्यासमा शिक्षण सिकाइ अघि बढेको उनले बताए ।
आगामी शैक्षिक सत्रबाट १ देखि ३ कक्षासम्म बुक लेस र हलुंगो झोलालाई प्राथमिकता दिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरबहादुर आलेले जानकारी दिए ।
तालिम प्राप्त जनशक्ति सामुदायिक विद्यालयमा रहेकाले स्कुलसँग स्रोत सेयरिङ गर्न चाहेको उनको भनाइ थियो । अब गुणस्तरीय शिक्षा प्रदान गर्न संख्यात्मक रूपमा विद्यार्र्थी घटाएर नौलो आयाम थप्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्