कोहलपुर ।
जापान सरकारको आर्थिक सहयोगमा यमाहा शुद्ध खानेपानी आपूर्ति प्रणाली उद्घाटन गरिएको छ । मंगलबार बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारूले रिबन काटेर सो खानेपानी योजनाको उद्घाटन गरेका हुन् ।सो अवसरमा बोल्दै उनले नगरपालिकाको विकट र खानेपानीको समस्या भोग्दै आएका ढकैलाका स्थानीयको समस्या समाधान हुने विश्वास व्क्त गरे ।
प्रमुख अथितिसमेत रहेका थारूले खानेपानीको पहुँचभन्दा बाहिर रहेका ढकैला बस्तीका बासिन्दाले अब घरमै स्वच्छ र शुद्ध खानेपानीको उपभोग गर्न पाउने बताए ।स्वास्थ्य सबलीकरण परियोजनाअन्र्तगत जापान सरकारको आर्थिक सहयोगमा निर्माण भएको शुद्ध खानेपानीले स्थानीय बासिन्दाको जीवन स्वस्थ बनाउने उनको भनाइ थियो ।
विकट र खानेपानी अभाव झेलिरहेको ढकैला बस्तीलाई मध्नजर गरेर शुद्ध खानेपानी निर्माण गरेको भन्दै परियोजनालाई उनले धन्यवाद दिए । शुद्ध खानेपानी आपूर्ति प्रणाली ग्रहण गर्दै उनले आगामी दिनमा नगरपालिका र वडाले विशेष ध्यान दिएर यसको सञ्चालन गर्ने बताए ।
उनले विद्यालयको भौतिक पूर्वाधारको अभाव रहेकाले यमाहा जापान सरकार, आड्रा जापान र इन्रुडेक नेपाललाई आगामी दिनमा मिल्ने भए विद्यालयलाई पनि भौतिक निर्माणमा सहयोग पु¥याउन आग्रह गरे ।
सो अवसरमा बोल्दै विशिष्ट अथिति यमाहा जापान सरकारका जनरल म्यानेजर इवाई यासुकीले स्वास्थ सबलीकरण परियोजनाअन्तर्गत यो ५१ परियोजना रहेको जानकारी दिए । उनका अनुसार यो दक्षिण एसियाकै पहिलो शुद्ध खानेपानी प्रणाली भएको बताए ।जापान सरकारले दिएको मायाको चिनो सधैँभरी व्यवस्थापन गरी सञ्चालन गर्ने बारबर्दिया नगरपालिका–९ ढकैलाका वडाध्यक्ष देवेन्द्रकुमार विष्टले बताए ।
नेपालमै पहिलोपटक यमाहा जापान सरकारद्वारा ढकैलामा शुद्ध खानेपानी निर्माण हुनु गौरवको कुरा भएको इन्रुडेक कोहलपुरका अध्यक्ष धर्म रोकायले बताए ।यमाहा भन्नासाथ सबैले बाइक मात्रै बुझ्ने गरेको भन्दै उनले यमाहाले बाइक मात्र नभई सामाजिक उत्तरदायित्व बहन गर्दै यस्ता थुप्रै कामहरू गरेको जानकारी दिए ।
सो अवसरमा स्थानीय, जनप्रतिनिधि, आड्रा नेपालका देशीय निर्देशक टम पिग्नन, आड्रा जापानका देशीय निर्देशक याशुकी आवकी तथा इन्रुडेक नेपाल कोहलपुरका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्