बाँकेमा ट्राफिक सप्ताह सुरु



नेपालगन्ज ।
सडक दुर्घटना न्यूनीकरणका लागि बाँकेमा ट्राफिक सप्ताह कार्यक्रमको शुभारम्भ गरिएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा नेपालगन्जदेखि ट्राफिक सप्ताह सुरु भएको हो । ट्राफिक सप्ताह कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाबाट प्रभातफेरी निकालिएको थियो । धम्बोझी चोकबाट ट्राफिक सप्ताहको शुभारम्भ गरिएको छ ।

ट्राफिक सप्ताहको गृहमन्त्री श्रेष्ठले मोटरसाइकल चालकहरूलाई हेल्मेट लगाएर उद्घाटन गरेका थिए । कार्यक्रम सुरु हुनु पूर्व विभिन्न संघसंस्था तथा विद्यालयहरूको सहभागिता ट्राफिक सचेतनाका प्लेकार्डहरूसहित भव्य ¥यालीसमेत निकालिएको थियो ।उक्त कार्यक्रममा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले गरेका उल्लेखनीय कामहरूका सम्बन्धमा तयार पारिएको सडक नाटकसमेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले आम नागरिक र सरोकारवाला निकायहरूसँग समन्वय गर्दै ट्राफिक प्रहरी सवारी दुर्घटना न्यूनीकरणमा लागिपर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सशस्त्र प्रहरी महानिरीक्षक स्थानीय जनप्रतिनिधिहरू, यातायात व्यवसायी, संचारकर्मी, नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विभिन्न विद्यालयका विद्यार्थीलगायतको उपस्थिति रहेको थियो । हिजोदेखि सुरु भएको ट्राफिक सप्ताह कार्यक्रम फागुन १७ गते समापन गरिनेछ ।

 

प्रकाशित मिति : २०८० फागुन ११ गते शुक्रबार