26 May 2024  |   आइतवार, जेष्ठ १३, २०८१

गौशालालाई १ लाख सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०८०  

कोहलपुर ।
कोहलपुर नगरपालिका–११ का भोजबहादुर थापाले स्वर्गीय धर्मपत्नी ईश्वरीदेवी थापाको सम्झनामा रामजानकी गौशाला संरक्षक संवद्र्धनका लागि आर्थिक सहयोग गरेका छन् । स्वर्गीय धर्मपत्नीको सम्झनामा थापाले १ लाख १ हजार अर्थिक सहयोग गरेका हुन् ।

सो अवसरमा बोल्दै उनले पछिल्लो समय गाईहरूको संरक्षण गर्न गौशालालाई गाह्रो भएकाले आफूले सहयोग गरेको बताए । गाईले दूध दिँदासम्म पाल्ने दिन छाडेपछि सडकमा लखेट्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।

गाई नेपालको राष्ट्रिय जनावार भए पनि संरक्षणमा कसैले चासो नदिएको उनले बताए । रामजानकी गौशालाले संरक्षण गर्दासमेत सहयोग नगर्दा गौमाता जोगाउन कठिन भएको उनको गुनासो थियो । सो अवसरमा उनले गाईहरूलाई गुढ खुवाएका थिए । सफल यातायात व्यवसायीसमेत रहेका थापाले थोरै भए पनि सहयोग गर्दा गाईहरूलाई घाँसपराल किन्न सहज हुने बताए ।

सो अवसरमा रामजानकी गौशालाले उनलाई सम्मानपत्रसहित सम्मान गरेको थियो । रामजानकी गौशाला अध्यक्ष डा. ढकनाथ सापकोटाले उनलाई सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै धन्यवाद व्यक्त गरेका थिए । सो अवसरमा संरक्षक भोलानाथ शर्माले गौशालाका लागि सहयोग गरेको भन्दै थापालाई अबिर र खादा लगाएर सम्मान गरेका थिए ।

 

प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०८०     9:20:12 AM  |