27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

सरस्वती पूजासँगै मनाइयो राष्ट्रिय पुस्तक दिवस

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन ३, २०८०  

ईश्वरी पौडेल ।कोहलपुर ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेले सरस्वती पूजासँगै ११औँ राष्ट्रिय पुस्तक दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । पुस्तक दिवसको अवसरमा जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ ।

पुस्तक दिवसका अवसरमा महासंघले नेपालगन्जका बाल मन्दिर प्रावि, जुद्ध संस्कृत विद्यालय, नेराप्रावि, गौसिया मावि, नेराप्रावि बनियागाउँ तथा जानकी गाउँपालिकामा स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरेको थियो ।

महासंघ बाँके अध्यक्ष सागर ज्ञवालीको अध्यक्षतामा जानकी गाउँपालिकामा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको हो । कार्यक्रममा महासंघका लुम्बिनी प्रदेश प्रथम उपाध्यक्ष शालिकराम सुबेदी, महासंघ बाँकेका पूर्वअध्यक्ष हेमराज पौडेल, पूर्वक्षेत्रीय उपाध्यक्ष रामप्रसाद गौतम, विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजयकुमार बर्मालगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन ३, २०८०     9:15:01 AM  |