17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

खेम सेन्चुरी र पुष्कल शर्माले दिए प्रस्तुति,भोली ज्योति मगर र कुलेन्द्र विश्वकर्मा आउने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, माघ २७, २०८०  

कोहलपुर ।
पाँचौँ प्रादेशिक कोहलपुर महोत्सवमा शनिबार खेम सेन्चुरी र पुष्कल शर्माले प्रस्तुति दिएका छन् । पुष्कल शर्माको शब्द, संगीत र स्वरमा सजिएको चर्चित गीत ‘मुटु जलाई जलाई’ गाएर उनले दर्शक श्रोता झुमाएका थिए ।

स्टेजबाट झरेर उनले दर्शक श्रोता सँगसँगै गाएका गीत गाएका थिए । महोत्सवमा उनले ‘तिम्रो थर मेरो थर,’ लगायतका करिब आधा दर्जन गीत गाएर महोत्सवको माहोल तताएका थिए । उनको प्रस्तुति सँगसँगै दर्शक श्रोताले नाच्नुका साथै गाएर साथ दिएका थिए । आफूलाई महोत्सवमा बोलाएकोमा उनले आयोजक तथा दर्शकलाई धन्यवाद दिएका थिए ।

त्यस्तै, महोत्सवमा गायक खेम सेन्चुरीले आफ्नो शब्द र शान्तिश्री परियारको आवाजमा रहेको ‘अरेली काँडैले च्वास्स च्वास्स’ गाएर दर्शक झुमाएका थिए । मोडल भूमिका गिरीको नृत्यसँगै महोत्सवमा दर्शक झुमीझुमी नाचेका थिए । उनले बिर्सेकी मायाले बोलको गीतमा आधा घन्टा आफ्नो नृत्य प्रस्तुति दिएकी थिइन् ।

आज महोत्सवमा गायिका ज्योति मगर, गायक कुलेन्द्र विश्वकर्मा र मोडल अस्मिता पुरी आउने मेला प्रचारप्रसार समितिले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, माघ २७, २०८०     9:55:24 PM  |