शिखर सहकारीद्वारा तीनदिने अचार तालिम सम्पन्न



कोहलपुर ।
शिखर जडिबुटी उत्पादन सहकारी संस्थाले तीनदिने अचार तालिम सम्पन्न गरेको छ । बुधबार राष्ट्रिय सहकारी महासंघका सञ्चालक एकता शाहको प्रमुख आतिथ्यमा अचार तालिम सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि शाहले सकहारीबाट सिकेको सीप व्यवहारमा लागू गर्न आग्रह गरिन् । अचार बनाउन अन्य कामभन्दा सहज भएकाले घरमै बसेर स्वरोजगार बन्न सकिने उनको भनाइ थियो ।

सहकारीले अचार बनाउन मात्रै नभई सिलाइकटाइ, ब्युटीपार्लरलगायतका तालिम दिने तर, त्यो तालिममा मात्रै सीमित नभई व्यवहारमा पनि लागू गरी सक्षम र आत्मनिर्भर नागरिक बन्नुपर्ने उनले बताइन् ।

शिखर जडिबुटी उत्पादन सहकारी सधँै उद्यमशिलताको अभियानमा रहेको संस्थाका अध्यक्ष नमराज उपाध्यायले बताए । संस्थाले यसअघि सिलाइकटाइ, नेतृत्व विकास, मैनबत्तीलगायतका तालिम दिएको समेत उनले जानकारी दिए ।

सो संस्थामा आवद्ध विभिन्न समुहका २० जना महिलाहरु तलिममा सहभाी रहेका थिए । तिन दिनको अवधिमा लसुन, कागती ,खुर्सानी, गाजर, मुलाको मिक्स गरेर चार प्रकारकोे अचार बनाउँन सिकाएको प्रशिक्षक सिता खनाले बताइन् । महिलाहरु सधै अरुको मुख ताक्नु भन्दा आफै अचार बनाएरै आत्मनिर्भर बन्न सक्ने बताइन् ।

त्यसैले सिकेको तालिम घरमा गएर लागु गर्न र एक उदारण बन्न आग्रह गरिन् । २५ सय सदस्यहरु रहेको शिखर सहकारीले उद्यमशिल बनाउँन यस्ता विभिन्न कार्य गर्दै आएको छ । सोमबार बाट सुरु भएको अचार तालिम बुधबार सम्पन्न भएको हो ।

प्रकाशित मिति : २०८० माघ २५ गते बिहीबार