20 February 2024  |   मङ्लबार, फाल्गुन ८, २०८०

आरएम हस्पिटलद्वारा स्वास्थ्य शिविर सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ २४, २०८०  

कोहलपुर ।
कोहलपुर नगरपालिका नेपाली कांग्रेस १३ नम्बर वडा कार्यसमितिले पाठेघर क्यान्सरको स्क्रिनिङसम्बन्धी एकदिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । समितिले मंगलबार कोहलपुर नगरपालिका–१३ मा सो कार्यक्रम सम्पन्न गरेको हो ।

गाउँमा घरमा रहेका विपन्न महिलाहरूलाई थोरै भए पनि राहत पु¥याउने हेतुले एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको कोहलपुर नगरपालिका–१३ का वडाध्यक्ष डम्मर खड्काले बताए ।

सो शिविरबाट ६० जना महिलाहरूले सेवा लिएको स्त्री रोग विशेषज्ञ डा. कविता सिंहले जानकारी दिइन् । धेरैजसो महिलाहरूको सेतो पानी बग्ने, पाठेघर ट्युमर र पाठेघर खस्ने समस्या देखा परेको बताइन् ।

आरएम हस्पिटल कोहलपुरको प्राविधिक सहयोगमा सो शिविर सम्पन्न भएको हो । सो अवसरमा महिलाहरूलाई चेकजाँच गर्नुका साथै परामर्शसमेत दिएको छ ।

प्रकाशित मितिः बुधबार, माघ २४, २०८०     9:50:20 AM  |