17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

बागेश्वरीद्वारा एसी बस सञ्चालन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, माघ २३, २०८०  

कोहलपुर ।
बागेश्वरी यातायात व्यवसायी प्रालिले बर्दियाको भुरीगाउँ ठाकुरद्वारादेखि बुटवलसम्म दिवा बस सेवा र नेपालगन्जदेखि वीरगन्जसम्म रात्री बस सेवा सुरु गरेको छ । यात्रुहरूलाई थप सुविधा दिने उद्देश्यले आजबाट प्रालिले डिलक्स एसीसहितको बस सञ्चालनमा ल्याउन लागिएको जनाएको छ । प्रत्येक दिन बिहान ७ बजे सो बस बर्दिया भुरीगाउँबाट छुट्नेछ ।

नेपालगन्जबाट दिउँसो ४ बजे एयर बस सञ्चालन हुँदै आएकोमा प्रालिले आजबाट थप रात्री सेवा पनि सञ्चालन गर्न लागेको हो । यात्रुहरूको मागका आधारमा नेपालगन्जबाट पोखरासमेत सेवा सुरु गरिएको प्रालिले जनाएको छ । साथै कोहलपुरबाट साँझ ६ बजे एयर कन्डिसन बसहरू सञ्चालन भइरहेका छन् ।

‘सेवा नै धर्म हो’ भन्ने भावनाका साथ बागेश्वरी यातायात व्यवसायीले यात्रुहरूलाई सहज यात्रा गराउने उद्देश्यले नयाँ–नयाँ बस सेवाहरू सञ्चालन गर्दै आएको बागेश्वरी यातायात प्रालिका प्रशासन विभाग प्रमुख टंक प्रसाद बस्यालले बताए ।

 

प्रकाशित मितिः मङ्लबार, माघ २३, २०८०     8:26:20 AM  |