16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

जलिलको हलुवा पराठाको स्वादै बेग्लै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, माघ २२, २०८०  

नेपालगन्ज ।
अनेक खानेका परिकार पाइने भएकाले नेपालगन्जलाई स्वादहरूको सहर पनि भनिन्छ । ती अनेक स्वादमध्ये हलुवा पराठा पनि एक हो ।
नेपालगन्जको चौलिका चोकमा जलिल अहमदको परिवारले एउटै परिकार विगत झन्डै चालीस वर्षदेखि बिक्री गर्दै आएका छन् ।

उनले बनाएको हलुवा पराठा खाना जोकोही चौलिका पुग्छ । यहाँ बिहानदेखि साँझ अबेरसम्म भिड लाग्छ । बिहान महेन्द्र बहुुमुखी क्याम्पस पढ्ने विद्यार्थी हुन् या रुपैडिहा आवत–जावत गर्ने बटुवा । उनको हलुवा पराठा नचाखेका कमै होलान् । ठूलो पराठालाई तौलेर हलुवाका साथमा बेच्ने उनले अहिलेसम्म नमिठो भयो भन्ने सुन्नुपरेको छैन ।

बरु मिठो भयो भनेर थपेर खाने र पोको पारेर घर लैजानेहरू धेरै छन् । हलुवा पराठाको माग बढ्दै गएपछि हाल नेपालगन्जको त्रिवेणी मोड, बागेश्वरी मन्दिरको पूर्वपट्टि पनि केही वर्षदेखि हलुवा पराठा बनाउने गरिएको छ । सहरका अन्य स्थानमा पनि हलुवा पराठाको माग बढ्दै गएको छ ।

अन्य स्थानको भन्दा चौलिका चोकको हलुवा पराठा नै अधिकांशको जिब्रोले मन पराउने गरेको छ । त्यसैले जलिलको पराठा पसलमा खानेको भीड लाग्ने गरेको छ । उनले २५ रुपैयाँमा एक सय ग्राम हलुवा पराठा दिने गरेका छन् ।

प्रकाशित मितिः सोमवार, माघ २२, २०८०     9:02:54 AM  |