बुटवल ।
लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले आफ्नो स्थापना दिवसका अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश सभाको निर्वाचन भएर २०७४ साल माघ २१ गते पहिलो दिन बैठक बसेको दिनलाई आधार मानेर लुम्बिनी प्रदेश सरकारले हरेक माघ २१ लाई प्रदेशको स्थापना दिवसका रूपमा मनाउँदै आएको छ ।
यस वर्ष पनि स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइँदै छ । सो अवसरमा यस क्षेत्रका पत्रकारहरूलाई पुरस्कृत तथा सम्मानित पनि गरिँदै छ ।
यसरी फागुन ३ गते मनाउँदै आएको स्थापना दिवसलाई प्रदेश सरकारले यस पटक देखि माघ २१ गते मनाउने निर्णय गरेको हो ।
प्रकाशित मिति : २०८० माघ २१ गते आइतबार
प्रतिक्रिया दिनुहोस्